सरकारसँग वार्ता र संवाद गर्न तयार छौंः नेता विप्लब


[ss_social_share]
लेखक : लेखापढी      ९ फाल्गुन २०७७, आईतवार १२:१७ मा प्रकाशित     
सरकारसँग वार्ता र संवाद गर्न तयार छौंः नेता विप्लब

फागुन ८ गते । नेपाल कम्युनिष्ट पार्टी (विप्लब समूह) ले आफ्नो पार्टी सरकारसँग वार्ता र संवाद गर्न तयार रहेको बताएको छ ।  शनिबार पार्टीको नाममा विज्ञप्ती जारी गर्नुहुँदै सो दलका महासचिव समेत रहनुभएका नेत्रविक्रम चन्द ‘विप्लब’ ले सो कुराको जानकारी गराउनुभएको हो ।

उहाँद्वारा जारी विज्ञप्तीमा भनिएको छ, “हाम्रो क्रान्ति राष्ट्र, समाज, अग्रगामी रुपान्तरण एवम् जनसमुदायको हित र अधिकारको लागि गरिएको सचेत पहल हो । यसको प्रक्रियामा आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा हाम्रो पार्टी सरकारसँग संवाद र वार्ताका लागि सकारात्मक रहेको विषय सबैमा जानकारी गराउँदछौं ।” सो दलले हिंसात्मक गतिविधि गरेपछि सरकारले प्रतिवन्ध लगाएको थियो । यद्यपि सरकार र विप्लब समूहका नेताहरुबीच अनौपचारिक वार्ता र संवाद हुँदैआएका छन् । गाेरखापत्र अनलाइन

50% LikesVS
50% Dislikes
Spread the love !
  • 6
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    6
    Shares