पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई आइतबार भारत जान लागेका छन्।
पेटमा समस्या देखिएपछि थप उपचारका लागि उनी नेपाल वायुसेवा निगमको जहाजबाट नयाँ दिल्ली जान लागेको भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले जानकारी दिए ।
भट्टराईलाई न्युरो इन्डोक्राइनको ट्युमर भएको आशंका चिकित्सकहरूको छ। चिकित्सकहरूकै सल्लाहमा स्वास्थ्य उपचारका लागि भट्टराई भारत जान लागेका छन्।
दिल्लीस्थित ‘इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेस’मा उनको उपचार हुने पाण्डेले बताए ।
भट्टराईसँगै उनकी पत्नी हिसिला यमी र पाण्डे नयाँदिल्लीमा रहनेछन् ।