कर्णाली सरकारद्वारा सहिदको स्मृतिमा पार्क निर्माण


[ss_social_share]
लेखक : लेखापढी      ९ फाल्गुन २०७७, आईतवार १०:५९ मा प्रकाशित     
कर्णाली सरकारद्वारा सहिदको स्मृतिमा पार्क निर्माण

सुर्खेतको वीरेन्द्रनगर–४ मा प्रदेश प्राप्तिको आन्दोलनका सहिदको स्मृतिमा पार्क निर्माण गरेको छ । उक्त पार्क भैरम सामुदायिक वन क्षेत्रमा निर्माण सम्पन्न गरेको हो । वन तथा वातावरण निर्देशनालयले वीरेन्द्रनगर नगरपालिकाको प्राविधिक सहयोगमा निर्माण गरिएको हो ।

संबिधान जारि हुनु अघि कर्णाली प्रदेशको माग राखी आन्दोलन गर्ने सुर्खेत, वीरेन्द्रनगरका टीकाराम गौतम, गोपालसिं रजवार, याम बीसी र जुम्लाका हरिबहादुर कुुँवरलाई प्रदेश आन्दोलनका सहिदका रूपमा कर्णाली प्रदेशले सम्झने गरेको छ । यी चार सहिदको सम्झनामा प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वन तथा वातावरण निर्देशनालयले पार्क निर्माणको योजना अघि बढाएको हो ।

पार्क निर्माणमा एक करोड १३ लाख ५१ हजार रुपैयाँ लागतमा पहिलो चरणको काम सम्पन्न गरेको छ । पहिलो चरणमा पार्कमा स्तम्भ, बगैँचा, पर्खाल निर्माण गरिएको छ । दोस्रो चरणमा वनस्पति उद्यानलगायत निर्माण गर्ने तयारी छ । वन निर्देशक शिवराम अधिकारीले बहुवर्षीय योजना भएकाले बाँकी संरचना थपिँदै जाने बताए । पार्क निर्माणको ठेक्का अभियान निर्माण सेवाले पाएको हो।

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •