काबुल । अफगानिस्तानको राजधानी काबुलमा शनिबार तीनवटा कारमा बम बिस्फोट भएको छ । उक्त तीनवटा विस्फोटमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको छ ।
बिहानको व्यस्त समय बिस्फोट भएको थियो । पहिलो विस्फोट स्थानीय समयानुसार शनिबार बिहान ८ः०० बजे भएको थियो । दोस्रो विस्फोट १५ मिनेटपछि भएको थियो भने तेस्रो विस्फोट शनिबार बिहान १०ः२० बजे भएको काबुलका प्रहरी प्रवक्ता फरदौस फारामारसले बताएका छन् ।
मृत्यु हुनेमा दुई प्रहरी अधिकारी र एक महिलासहित तीन सर्वसाधारण रहेका छन् । साथै, यस विस्फोटमा परी अन्य दुई व्यक्ति घाइते भएका काबुलको प्रहरी स्रोतले पुष्टि गरेको छ ।
उक्त घटनाको पूर्ण छानबिनका लागि उच्च स्तरीय छानबिन टोलि गठन भएको जनाएको छ । -एजेन्सी