प्रदेश २ को प्रमुखमा राजेश झा नियुक्त: को हुन् राजेश ?


[ss_social_share]
लेखक : लेखापढी      ८ फाल्गुन २०७७, शनिबार ०३:५१ मा प्रकाशित     
प्रदेश २ को प्रमुखमा राजेश झा नियुक्त: को हुन् राजेश ?

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले  मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश नम्बर २ को प्रदेश प्रमुखमा राजेश झालाई नियुक्त गरेको छ।
नेपालको संविधानको धारा १६३ को उपधारा २ बमोजिम रौतहट निवासी झालाई प्रदेश २ को प्रमुखमा नियुक्त गरेको हो। यसअघि राष्ट्रपति भण्डारीले प्रदेश २ को प्रदेश प्रमुखबाट तिलक परियारलाई पदमुक्त गरेकी थिइन्।

संचारकर्मी समेत रहेका झा मधेश मामिलामा त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि गरेका छन्। कानून विषयमा स्नातक गरेका उनले अधिवक्ताको लाइसेन्स समेत लिएका छन्। रौतहटको गढीमाई नगरपालिका वडा नम्बर ३ सुन्दरपुर निवासी झा मधेश मामिलाका जानकारका रूपमा समेत चिनिन्छन। नेपाली संचार जगतमा उनलाई ‘राजेश अहिराज’ नामले चिनिन्छ। मधेशवाणी साप्ताहिक पत्रिकाका सम्पादक समेत रहेका झा मधेश मिडिया हाउसका सञ्चालक हुन्।

पछिल्लो राजनैतिक घटनाक्रममा राझेश झा सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रशंसा तथा नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ’प्रचण्ड’ तथा माधवकुमार नेपालको चर्को आलोचना गर्ने गरेका छन्।

100% LikesVS
0% Dislikes
Spread the love !
  • 5
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    5
    Shares