काठमाडौँ । नेपाली सेनाले हिमालको फोहोर उठाउने सफाई अभियान संचालन गर्ने भएको छ । चैत ३१ देखि ०७८ जेठ २२ सम्म सफाइ अभियान सञ्चालन हुनेछ । सेनाले ३५ टन फोहोर संकलन गर्ने लक्ष्य लिएको छ । बेसक्याम्पभन्दा माथि १८ टन फोहोर संकलन गर्ने सेनाले जनाएको छ । सेनाले सगरमाथासहित ६ वटा हिमालको सफाइ गर्ने योजना बनाएको हो ।
नेपाली सेनाले यसपटक ल्होत्से, मकालु, धौलागिरी, पुमोरी र आमा दाब्ल्म हिमालमा सफाई अभियान थाल्ने जनाएको छ । करिब बिगतमा दुई वर्ष अघि सगरमाथाको सफाइ गरेकोथियो ।
अभियानलाई सेनाको नेतृत्वमा नेपाल पर्यटन बोर्डसहित विभिन्न निकायसँग सहकार्य हुने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका निर्देशक सहायक रथी हिमांशु खड्काले बताए ।
सन् २०१९ मा नेपाली सेनाले सगरमाथाबाट ५ टन फोहोर संकलन गरेको थियो ।
सेनाले नसड्ने फोहर हेलिकप्टर र गाडीमार्फत काठमाडौं ल्याएर पुनः प्रयोग गर्ने संस्थालाई हस्तान्तरण गर्ने छ । अभियानमा नेपाली सेनाका ४३ जना आरोही सदस्य र शेर्पालगायतका अन्य व्यक्तिको सहभागिता रहनेछ ।
सगरमाथामा मात्रै १ लाख ४० हजार टन फोहर, मानिसको शरीरबाट निस्किएको फोहर ४० टन, ३ सयभन्दा बढी मृत शरीर रहेको अनुमान गरिएको छ । सगरमाथा आरोहण गर्दा आरोही समूहहरुले विभिन्न सामग्री हिमाल मै छोडेर फर्किने भएका कारण सगरमाथा दुषित भएको हो ।