सरकारले होटेलहरुलाई संकेत चिह्‍न प्रदान गर्ने


[ss_social_share]
लेखक : लेखापढी      ७ फाल्गुन २०७७, शुक्रबार ०१:१० मा प्रकाशित     
सरकारले होटेलहरुलाई संकेत चिह्‍न प्रदान गर्ने

काठमाडौं । सरकारले होटेल, रिसोर्ट तथा बुटिक होटेलको पहिचानलाई अझ सजिलो पार्न विभिन्न संकेत चिन्ह अनिबार्य गर्न लागेको हो । देशका विभिन्न क्षेत्रमा रहेका होटेलहरु स्थापित गर्न संकेत चिह्‍नका रुपमा तारा (स्टार) चिह्‍न निर्धारण गर्ने भएको छ ।

होटेलले दिने सेवा, गुणस्तर, क्षमतालगायत विषयलाई हेरेर स्तर निर्धारण गरी संकेत चिह्‍न प्रदान गर्ने र त्यसलाई सेवाग्राहीले स्पष्टसँग देख्न सक्ने गरी राख्नुपर्ने व्यवस्था गर्न लागिएको पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङले बताए । 

संकेत चिह्‍नमा सबैभन्दा माथि सरकारको लोगो, बीचमा होटेलले प्राप्त गरेको तारा अथवा चिह्‍न रहनेछ भने सबैभन्दा तल होटेलको नाम रहनेछ । यस्तो संकेत चिन्न निश्‍चित साइजको हुने र उक्त चिह्‍नलाई होटेल, रिसोर्ट तथा बुटिक होटेललगायत सबै किसिमका होटेलले सेवाग्राहीले देख्ने गरी राख्नुपर्नेछ ।

सबैस्तरका रिसोर्ट, तारास्तरका होटेल तथा सबै स्तरका बुटिक होटेलले आफ्नो प्रवेशद्वारमा सम्बन्धित स्थानीय तहले तोकेको आकारमा होटेल/रिसोर्टको बनोटअनुसार सजिलै देखिने गरी तोकिएको संख्याका तारा चिह्‍न अर्थात् प्राप्त गरेको संकेत चिह्‍नसहितको साइनबोर्ड राख्नुपर्ने पनि महानिर्देशक तामाङले बताए ।

पर्यटन विभाग तथा अन्तर्गतका कार्यालयबाट पर्यटकस्तरको होटेलमा स्तर वर्गीकरण भएका र हाल प्रदेश सरकारको सम्बन्धित निकायबाट पर्यटक स्तरको होटेलमा स्तरवर्गीकरण भएका सबै होटेलको हकमा गोलाकार रेखाभित्र रातो रङ्गमा TS लेखिएको चिह्‍नलाई संकेत चिह्‍नका रुपमा निर्धारण गरिने पनि महानिर्देशक तामाङले बताए । 

यस्तै मोटल, होटेलको हकमा गोलाकार रेखाभित्र रातो रङ्मा M र पर्यटक इनका हकमा गोलाकार रेखाभित्र रातो रङ्गमा i लेखिएको चिह्‍नलाई संकेत चिह्‍नका रुपमा निर्धारण गर्ने भएको छ । बेड एन्ड ब्रेकफास्टका हकमा गोलाकार रेखाभित्र रातो रङ्गमा B&B लेखिएको चिह्‍नलाई संकेत चिह्‍नका रुपमा निर्धारण गरिने भएको छ ।

100% LikesVS
0% Dislikes
Spread the love !
  • 3
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares