नारायणहिटी दरबार संग्रहालय अगाडी सडक सांस्कृतिक कन्सर्ट सम्पन्न


[ss_social_share]
लेखक : लेखापढी      ७ फाल्गुन २०७७, शुक्रबार ००:५६ मा प्रकाशित     
नारायणहिटी दरबार संग्रहालय अगाडी सडक सांस्कृतिक कन्सर्ट सम्पन्न

काठमाडौँ-  नारायणहिटी दरबार संग्रहालय गेट अगाडी काठमाडौं महानगरपालिकाको आयोजनामा कन्सर्टसहितको कार्यक्रम बिहीबार साझ आयोजना गरिएको हो ।

‘राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आयोजित सडक महोत्सव’ नाम दिइएको  कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य लगायतको उपस्थिति रहेको थियो ।

उक्त कन्सर्टमा पप गायक सविन राई, आधुनिक गायिक मिलन नेवार, लोक तथा आधुनिक गायक प्रकाश सपूत, लोक गायिका प्रिति आले, लोक गायिका अञ्जु पौडेलको प्रस्तुती रहेको थियो ।

विभिन्न ख्यातीप्राप्त गायक-गायिका संगै नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीबाट समेत सांस्कृतिक नृत्य पनि प्रस्तुत गरिएको थियो ।

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •