दिनेशको बयानपछि प्रहरीले भेट्टायो भागरथीले लगाएको घडी, बलात्कारपछि हत्या गरेको दिनेशले स्वीकारे


[ss_social_share]
लेखक : लेखापढी      ६ फाल्गुन २०७७, बिहीबार २०:१९ मा प्रकाशित     
दिनेशको बयानपछि प्रहरीले भेट्टायो भागरथीले लगाएको घडी, बलात्कारपछि हत्या गरेको दिनेशले स्वीकारे

प्रहरी हिरासतमा रहेका दिनेश भट्टले बैतडीको भागरथी भट्टको बलात्कारपछि हत्या गरेको स्वीकार गरेका छन् । जिल्ला प्रहरी कार्यालय, बैतडीका अनुसन्धान अधिकृतसामू उनले बलात्कारपछि घाँटी थिचेर हत्या गरेको बयान दिएका हुन् ।

बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टले हातमा लगाउने गरेको रातो रंगको घडी फेला परेको छ।

हत्याको आरोपमा पक्राउ परेका दिनेश भट्टले दिएको बयानको आधारमा आज सोही स्थानबाट प्रहरीले भागरथीले लगाउने गरेको रातो घडी फेला पारेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता, एसएसपी मुकेशकुमार सिंहले बताए ।

यसअघि शव फेला परेको दिन घडी भेटिएको थिएन। उनले पक्राउ परेका भट्टसँग बयान लिने क्रम जारी रहेको बताए ।

४ फागुनमा पक्राउ परेका उनले भट्टको हत्या गरेको स्वीकार गरेका उनले बलात्कार भने नगरेको दाबी गरेका थिए । जबकी पोष्टमार्टम प्रतिवेदन आधारमा प्रहरीले बलात्कारपछि हत्या भएको निष्कर्ष निकालेको थियो ।

गत माघ २१ गते बुधबार विद्यालय गएकी भागरथीको भोलिपल्ट बिहीबार साँझ वि’भत्स अवस्थामा श’व फे’ला परेको थियो।

बुधबार प्रहरीले मृतक भागरथी अध्यान गर्दै आएको सनातन धर्ममाबीका कक्षा ११ का बिद्यार्थी दिनेश भट्टलाई अभियुक्तको रुपमा सार्बजनिक गरीसकेको छ । दिनेश भागरथीका नातामा भाइ समेत हुन ।

 

50% LikesVS
50% Dislikes
Spread the love !
  • 5
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    5
    Shares