प्रचण्डको सुरक्षामा खटियो पूर्वलडाकुको विशेष टोली


[ss_social_share]
लेखक : लेखापढी      ६ फाल्गुन २०७७, बिहीबार १२:१५ मा प्रकाशित     
प्रचण्डको सुरक्षामा खटियो पूर्वलडाकुको विशेष टोली

सरकारले पूर्वपदाधिकारीहरुको सुरक्षार्थ तैनाथ प्रहरी र सशस्त्र प्रहरीको संख्यामा ठूलो कटौती गरेपछि पूर्वप्रधानमन्त्री तथा नेकपा (दाहाल–नेपाल) का अध्यक्ष पुष्पकमल दाहालको सुरक्षामा पूर्वलडाकु खटिन थालेका छन् ।

दाहालको सुरक्षामा प्रकाशचन्द्र पाण्डेको नेतृत्वमा पूर्वलडाकुको विशेष टोली खटिएको हो । पाण्डे स्वेच्छिक अवकाश रोजेका पूर्वलडाकु हुन् । सशस्त्र द्वन्द्वकालमा उनी बटालिन कमान्डरसम्म भएका थिए ।

यसअघि प्रचण्डको सुरक्षामा अघि र पछि जनपथ र सशस्त्र प्रहरीको गाडीले सुरक्षा दिने गरेको थियो।

सुरक्षाकर्मीको संख्या कटौती भएसँगै सरकारले दाहाललाई दुई जना नेपाल प्रहरी र १६ जना सशस्त्र प्रहरीको टोली खटाएको छ।

 

50% LikesVS
50% Dislikes
Spread the love !
  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares