काठमाडौं । हलिउड पप गायिका रिहाना विवादमा तानिएकी छन् । गायिका रिहानाले केही दिन अगाडि सामाजिक संजाल ट्विटरबाट भारतमा चलिरहेको किसानको आन्दोलनलाई समर्थन गरिन् । यसपछि, उनको चर्चा भारतमा खुबै भयो । बलिउडका कलाकारहरुले रिहानाको ट्विटमा प्रतिक्रिया जनाए ।
रिहानाले फेरि एक टपलेस तस्वीर सार्वजनिक गर्दै ट्विटरमा चर्चा बटुलिरहेकी छिन् । रिहानाको तस्वीर भारतमा निकै चर्चामा छ ।
टपलेस फोटोका कारण मात्रै भन्दा पनि टपलेस फोटोमा भगवान गणेशको लकेट भएको सिक्री लगाएपछि हिन्दु धर्मावलम्बीहरुले उनीमाथि आक्रोश पोखेका हुन् ।
बिजेपी प्रबक्ता राम कदम ले ट्विटरमा “रिहानाले हाम्रो हिन्दु भगवान गणेशको जसरी मजाक उडाएकी छन् त्यो निकै घटिया हो । उनको यो तस्बिरले प्रस्ट पार्छ कि भारतीय कल्चरप्रति रिहानाको बुझाई र सम्मान जिरो छ । अब त राहुल गान्धी र अन्य कांग्रेस नेताहरु उनीबाट सहयोग लिन बन्द गरोस्,”
रिहानाले हिन्दु धर्ममाथि नै प्रहार गरेको भन्दै उनको ट्विटर एकाउन्ट बन्द गर्न भारतीयहरुले माग गरेका छन् । रिहानाले विवाद खडा गर्नकै लागि यो तस्वीर खिचाएको र गणेश भगवानको पेन्डेन्ट लगाएको आरोप समेत केही ट्विटर प्रयोगकर्ताले लगाएका छन् ।
उक्त तस्बिर बिबादले भारतमा फेरी ठुलो आन्दोलन हुने देखिन्छ |