काठमाडौं । नेपाल पर्यटन बोर्डको रिक्त रहेको सदस्य पदमा तीनजना सञ्चालक नियुक्त गरिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चन्द्र रिजाल, कृष्ण शाह र ङावा ङिमा शेर्पालाई बोर्डको सञ्चालकमा नियुक्त गरिएको हो ।
बोर्ड सञ्चालक सदस्यबाट दीपक महत, अवधेशकुमार दास र कृष्णबहादुर महराको पदावधि सकिएपछि तीनजना नियुक्त गरिएको हो । बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले तीनजना सञ्चालक नियुक्त भएको जानकारी गराएका हुन् ।