‘फूलबुट्टे सारी’ अब ‘लिजेन्ड्री भर्सन’मा मदनकृष्णको स्वर (भिडियाे)


[ss_social_share]
लेखक : लेखापढी      ४ फाल्गुन २०७७, मंगलवार १२:४० मा प्रकाशित     
‘फूलबुट्टे सारी’ अब ‘लिजेन्ड्री भर्सन’मा मदनकृष्णको स्वर (भिडियाे)

काठमाडौं– संगीतकर्मी राजनराज शिवाकोटीद्वारा संगीतबद्ध एउटा गीतले भोलि सरस्वती पूजाको दिनदेखि एउटा नयाँ ईतिहास रच्ने भएको छ । मेल भर्सन, फिमेल भर्सन, चाइल्ड भर्सनपछि एउटै गीत लिजेन्ड्रि भर्सनमा आएको यो पहिलो पटक हुनुपर्छ, संगीतकार शिवाकोटीको अनुमान छ–‘नेपालमा त पहिलो पटक नै हो भन्ने कुरामा ढुक्क छु ।’

हालसम्म यो गीत मार्मिक लामा, मिलन नेवार, अरिष्मा सिवाकोटीको स्वरमा रेकर्ड भइसकेको छ। मेल, फिमेल, चाइल्ड भर्सन निकालिसकेका यस गीतका संगीतकार तथा गीतकार राजनराज शिवाकोटीको यो गीतले करोडौं भ्यूज नाघिसकेको छ।

यो गीत मदनकृष्णको स्वरसँगै फरक उमेर समूहका पुस्तामा पुग्ने चक्र पूरा भएको छ।मार्मिकको स्वरमा रिरेकर्ड गरिएको गीतको भिडिओ युट्युबमा गत लक्ष्मीपूजाको दिन अपलोड भएको थियो। आज सरस्वती पूजाको दिन यसको शृंखला सकिँदैछ।

 

50% LikesVS
50% Dislikes
Spread the love !
  • 7
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    7
    Shares