एक सातामै पुनः पेट्रोलियम पदार्थको मूल्य बृद्धि


एक सातामै पुनः पेट्रोलियम पदार्थको मूल्य बृद्धि

काठमाडौँ– नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । 

नेपाल आयल नियगले मंगलबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोल, डिजल, मट्टितेल र हवाइ इन्धन (आन्तरिकतर्फ)को मूल्य बढाएको हो ।

नयाँ मूल्यसुचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ सय १४ रुपैयाँ पुगेको छ । यस्तै डिजल र मट्टितेलको मूल्य ९७ रुपैयाँ प्रतिलिटर पर्नेछ । भारतीय आयल निगमले पठाएको नयाँ मूल्य सूचीअनुसार घाटाअझै चुलिने भएपछि तेलको मूल्य बढाएको हो ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको कच्चा तेलको मूल्य बढेर घाटा चुलिएकाले मूल्य समायोजन गर्नुपरेको निगमले जनाएको छ ।