ग्रीनलाइफ हाइड्रोकाे आईपिओको प्रि अलोटमेन्ट आज


[ss_social_share]
लेखक : लेखापढी      ४ फाल्गुन २०७७, मंगलवार १४:२३ मा प्रकाशित     
ग्रीनलाइफ हाइड्रोकाे आईपिओको प्रि अलोटमेन्ट आज

काठमाडाैँ। ग्रीनलाइफ हाइड्रोले निष्काशन गरेको आईपिओको मंगलबार प्रि अलोटमेन्ट हुने भएको छ। बिक्रि प्रबन्धक बिओके क्यापिटलले मंगलबार आईपिओको प्रि अलोटमेन्ट गर्ने तयारी गरेको हो। प्रि अलोटमेन्ट सकिएपछि नेपाल धितोपत्र बोर्डको अनुमति लिएर शुक्रबार शेयर बाँडफाँड गर्ने तयारी क्यापिटलले गरेको छ।

प्रि अलोटमेन्टमा कति आवेदन परेको छ, ति मध्ये कति अयोग्य भएका छन् , कति योग्य भए र कति जनाले कति कित्ता शेयर पाउँछन् भन्ने विषय टुंगो लगाईन्छ। शेयर बाँडफाँड हुने दिनमा कुन लगानीकर्ताले कति कित्ता शेयर पाउने छन् भन्ने गोलाप्रथाबाट टुंगो लगाईने छ।

कम्पनीको आईपिओमा १३ लाख बढी आवेदकले आवेदन दिएका छन्। कम्पनीले माघ २३ देखि प्रति कित्ता एक सय रुपैयाँका दरले ३४ लाख ९६ हजार ४ सय कित्ता साधारण शेयर बिक्रिमा राखेको थियो। कम्पनीले आयोजना प्रभावित दोलखाका स्थानीयहरुलाइ निष्काशन गर्दा बिक्रि नभएको १६ लाख ९६ हजार ४०० कित्ता सहित गरि कम्पनीले कुल ३४ लाख ९६ हजार ४ सय कित्ता आइपीओ बिक्रि खुला गरेको हो।

बिक्रि खुला गरिएको मध्ये ६९ हजार ९२८ जना कित्ता हाइड्रोका कर्मचारीका लागि,१ लाख ७४ हजार ८२० कित्ता म्युचुअल फन्डको लागि र बाँकी ३२ लाख ५१ हजार ६५२ कित्ता सर्वसाधारणको लागि छुट्याइएको थियो।

माग भन्दा बढीको आवेदन परेकोले कम्पनीको आईपिओ गोलाप्रथाबाट ३ लाख २५ हजार १ सय ६५ जनाले मात्र शेयर पाउने छन्। यस हिसाबमा करिब १० लाख आवेदक हात खाली हुने देखिन्छ। यद्यपि यो आवेदन भेरिफाई हुनु पूर्वको डाटा भएकोले यो संख्या केहि तलमाथि हुन सक्ने छ।

कम्पनीको अधिकृत पूँजी दुई अर्ब पचास करोड रहेको छ। जारी पूँजी एक अर्ब असी करोड रहेको छ। कम्पनीको जारी पूँजी मध्ये संस्थापकहरुले तत्काल चुक्ता गरेको पूँजी रकम एक अर्ब चवालीस करोड रहेको छ। आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब पैंतालिस करोड तिन लाख साठि हजार पुगेको छ। सर्बसाधारणलाई आईपिओ निष्काशन गरेपछि कम्पनीको चुक्ता पूँजी एक अर्ब असी करोड पुग्ने छ।

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •