म्यानमार सडकमा सेनाका बख्तरबन्द गाडीहरु, इन्टरनेट सेवा बन्द


[ss_social_share]
लेखक : लेखापढी      ३ फाल्गुन २०७७, सोमबार १४:५५ मा प्रकाशित     
म्यानमार सडकमा सेनाका बख्तरबन्द गाडीहरु, इन्टरनेट सेवा बन्द

एजेन्सी- म्यानमार थुप्रै शहरका सडकमा सेनाका बख्तरबन्द गाडी देखिएका छन् । स्थानीय समयानुसार राती १ बजेदेखि देशमा इन्टरनेट सेवा पनि बन्द छन् । 

सेनाको यो तयारीलाई १ फेब्रुअरीमा सैन्य कूपछि देशमा भइरहेको विरोध प्रदर्शनलाई समाप्त गर्ने संकेतको रुपमा हेरिएको छ ।

देशको उत्तरमा बसेको काचिनमा लगातार ९ दिनदेखि सेनाको कूको विरोधमा प्रदर्शन भइरहेको छ । यहाँ सुरक्षाबलले प्रदर्शनकारीमाथि गोली चलाएको खबर पनि छ ।

संयुक्त राष्टका एक अधिकारीले म्यानमारको सेनामाथि मानिसहरुविरुद्ध युद्धको घोषणा गरेको आरोप लगाएका छन् ।

म्यानमारका लागि संयुक्त राष्ट्रका विशेष प्रतिनिधि टम एन्ड्र्यूजले जनरल हताश भएको संकेत दिइरहेका छन् र यसका लागि उनी जवाफदेही हुनुपर्ने बताएका छन् ।

उनले सोसल मिडियामा लेखेका छन्, ‘यस्तो लागिरहेको छ दकि सेनाले म्यानमारका मानिसहरुविरुद्ध युद्धको घोषणा गरेका छन् । आधा रातमा छापा मारिँदैछ, मानिसहरुलाई पक्राउ गरिँदैछ, उनीहरुको अधिकार हनन गरिँदै छन् । इन्टरनेट पुनः बन्द गरिएको छ । सेनाका कार्केड आवसीय क्षेत्रमा घुसिरहेका छन् । यस्तो लागिरहेको छ कि सेनाका जनरल हताश भएका छन् ।’

युरोपेली संघ, अमेरिका र बेलायतले एक बयान जारी गर्दै भनेको छ, ‘हामी सुरक्षाबलसँग अपिल गर्छौं कि उनीहरुले गणतान्त्रिक सरकारको कू पछि विरोध गरिरहेका प्रदर्शनकारीविरुद्ध हिंसा नगरुन् ।’

म्यानमारको सेनाले लगभग १५ दिनअघि आङ सान सूकीको नेतृत्व रहेको सरकारविरुद्ध कू गरेको थियो । अघिल्लो वर्ष नोभेम्बरमा सूकीको पार्टीले चुनावमा भारी बहुमतले जीत हासिल गरेको थियो तर सेनाले चुनावमा धाँधलीको आरोप लगाएका थिए ।

सूकीलाई हाल उनको घरमा नै नजरबन्दमा राखिएको छ । साथै सयौं प्रदर्शनकारी र विपक्षी नेतालाई पनि हिरासतमा लिइएको छ ।

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •