काठमाडौ । मौद्रिक नीति समीक्षामा राष्ट्र बैंकले सेयर बजार प्रभावित हुने कुनै निर्णय नगर्दा आज सेयर बजारमा हरियाली छाएको छ । कारोबार सुरु भएको ८ मिनेटमा नैं बजार परिसूचक नेप्से ७४.०८ अंकले वृद्धि भएको छ । मौद्रिक नीति समिक्षामा राष्ट्र बैंकले मार्जिन लोन (सेयर धितो कर्जा) मा कडाइ गर्नसक्ने बैंक तथा वित्तीय संस्थालाई लघुवित्तको सेयर कारोबारमा रोक लगाउन सक्नेलगायत चर्चा चल्दा लगानीकर्ता त्रसित बनेका थिए ।
तर मौद्रिक नीति समीक्षाले उक्त कुनै नीतिगत व्यवस्था नगर्दा आज सेयर बजारमा सुरुवाति समयमा हरियाली छाएको छ ।
नेप्से करिब ३ प्रतिशतले वृद्धि हुँदा अन्य र लघुवित्त उपसमूहको सूचक ४ प्रतिशत माथिले बढ्दा बैंकिङ र बिमाको उपसूचक पनि उल्लेख्य बढेको छ । यो समाचार तयार पार्दासम्म नेप्सेमा २६ करोड ६१ लाख ६२ हजारको कारोबार भएको छ ।