तपाईको फेसबुक अरुले चलाएको त छैन ? यसरि तत्काल थाहा पाउनुस र पासवर्ड चेन्ज गर्नुस !


तपाईको फेसबुक अरुले चलाएको त छैन ? यसरि तत्काल थाहा पाउनुस र पासवर्ड चेन्ज गर्नुस !

अहिले सबैले फेसबुक प्रयोग गरिरहेका हुन्छन । फेसबुकमै विभिन्न व्यक्तिगत गोप्य कुराकानी, छलफल हुने गरेको साथै अनेक फोटोहरु राखिएको हुन्छ । 

फेसबुक प्रयोग गर्ने धेरै मध्ये कतिपयलाई कसरि फेसबुक चलाउने, कसरि सेटिंग गर्ने भन्ने बिषयहरु थाहा नै हुदैन र अनेक समस्याहरु भोग्नुपरेको हुन्छ ।

फेसबुक चलाउँदा ध्यान पुर्याउनुपर्ने विविध कुराहरुमध्ये तपाईंको फेसबुक कहाँ खुलेको छ , कसैले चलाएको छ कि छैन । भनेर जान्नु पनि महत्त्वपूर्ण हून्छ । यदि फेसबुक चलाउँदा चलाउँदै कहिलेकाँही लगआउट गर्न भुलेमा, कसैले तपाईंको पासवर्ड थाहा पाएर कतै खोलेमा तपाईंले आफैले कुनै पनि ब्राउजरबाट लगआउट गर्न सक्नुहुन्छ । 

तपाईको फेसबुक कुन ठाउँबाट लग इन (login) भएको छ साथै लोकेसन, समय, मिति सबै तपाई आफैले पत्ता लगाउन सक्नुहुन्छ ।

यसरि पत्ता लगाउनुहोस:
फेसबुक ओपन गर्नुस, त्यसपछि अकाउन्ट सेटिङमा जानुस् ।  

त्यसपछि ‘Security and login’ लेखेको अप्शनमा जानुस्
त्यहाँबाट ‘Where you’re logged in’ को अप्शन देखिन्छ । त्यहाँ तपाईंको फेसबुक लगइन भएको डिभाइसको पूरा जानकारी पाउन सकिन्छ ।

स्मार्टफोनमा यसरि गर्नुस:
फेसबुक एप खोलेपछि सेटिङमा जानुहोस्
त्यसपछि ‘ Security and login ’ अप्शनमा जानुहोस्
त्यहाँ ‘ Where you’re logged in’ अप्शन देखिन्छ । 
त्यसमा ‘ See All’ मा क्लिक गर्नुस् । 

त्यहाँबाट तपाईंको फेसबुक कुन कुन डिभाइसमा खोलिएको छ, कहिले खोलिएको हो भन्ने सबै जानकारी पाउन सकिन्छ । यदि त्यसमध्ये आफूले लगइन गरेभन्दा फरक डिभाइसमा फेसबुक खोलिएको पाइएमा ‘log Out of All Sessions’ गर्न सकिन्छ । 

तपाईले तत्काल आफ्नो पासवर्ड समेत चेन्ज गरि सुरक्षित रहन सक्नुहुन्छ ।