उल्लु डे !!!


उल्लु डे !!!

भोली भ्यालेनटाइेन डे !! बिशाल सधैं झैं ईशालाई भेट्ने तयारीमा उत्साहित थियो ।

उ नजिकैको सपिङ सेन्टरमा गएर ईशाको लागी उपहार किनिरहेको थियो । फूल लिन भनी उसले के हात अघी बढाएको थियो । केही शब्दहरु उस्का कानमा आएर ठोक्किए । – -“यार त्यो ईशा खत्तम छे!!

अघिकै आवाज-"यसो रिल्याक्स नि । आजको जमानामा को लैला- मजनु छन् र ?" भनाईमा मात्र प्रेम दिवस (भ्यालेन्टाइईन डे )। ब्यवहारमा "उल्लु दिवस" हो ।

भ्यालेनटाईनको दिनमा उस्ले कतिजनाको उपहार लिन्छे लिन्छे।”

अर्को आवाज – “अनि त्यस्तो जानी, जानी किन उपहार दिन्छौ त तिमीले पनि ” ?

अघिकै आवाज-“यसो रिल्याक्स नि । आजको जमानामा को लैला- मजनु छन् र ?” भनाईमा मात्र प्रेम दिवस (भ्यालेन्टाइईन डे )। ब्यवहारमा “उल्लु दिवस” हो ।

दुवैतर्फबाट उल्लु बनाउने । यो समयमा यसै रिल्याक्स गर्ने र प्रेमी प्रेमीकाको नाममा ठग्ने दिन मात्र हो । अब हेर, भोली त्यही ईशा र निलिमालाई दिन म गिफ्ट किन्दैछु । तिनीहरुलाई के थाहा कि ? म यस्तो ट्रिक रच्छु भनेर ? मलाई पनि तिनीहरुले त्यसै गर्दा हुन् । “

यसैबिचमा अर्काले थप्यो- “ती केटीहरुलाई थाहा छैन होला त ? तिमी बिवाहित हौ भनेर । ” अघिकै आवाज – “अरे आजकाल विवाहसँग के मतलब ? जिन्दगी गुजार्ने भनेर “भ्यालेन्टाइेन डे”मा गुलाब लिएका हुन् र ? त्यस्तै भए एकार्काको बारेमा बुझेर जिन्दगीलाई अघी बढाउँथे नि । साँचो प्रेम भए किन भ्यालेनटाइेन डे कुर्नु पर्छ ?

दुवैतर्फबाट उल्लु बनाउने । यो समयमा यसै रिल्याक्स गर्ने र प्रेमी प्रेमीकाको नाममा ठग्ने दिन मात्र हो । अब हेर, भोली त्यही ईशा र निलिमालाई दिन म गिफ्ट किन्दैछु । तिनीहरुलाई के थाहा कि ? म यस्तो ट्रिक रच्छु भनेर ?

यी मैले एक बर्षमा ईशा र निलिमालाई हिजै मात्र कन्ट्याक्ट गरेको दुवै मलाई भेट्न राजी छन् । न त उनिहरुलाई मेरो वास्तविक जीवनसँग मतलब छ। न त मेरो बारेमा जानकारी नै ।”

अर्को आवाज – “यार, मलाई, तिम्रो यस्तो चाला मन परेन । तिमीले आफ्नी श्रीमती लगायत अन्य केटीहरुलाई नै उल्लु बनाउँदै रहेछौ त!”

अघिल्लो आवाज -“छोड्देउ यार !! “कोही मतलब नराखी हाम फाल्छन् भने म के गरुँ ?

रह्यो श्रीमतीको कुरा । मैले श्रीमतीलाई कुनै अभावमा राखेको छैन । बस यो त गेम हो । आफ्नो घरपरिवारलाई घाटा नपारिकन मनोरन्जन गर्ने खेल खेलेको मात्र। ”

ती युवकहरुका कुरा सुनेर बिशाल किङ्कर्तब्यबिमुढ बन्यो र गुलाब लिन अघी बढेका उसका हातहरु निष्कृय बने । उ निस्तब्ध बनेर त्यसै टोल्हाई रह्यो… ।


आचार्य प्रभा
अमेरिका


(“आधुनिक नेपाली लघुकथा समूह” बाट प्राप्त लघुकथा हो। उक्त समुहले नेपाली साहित्य क्षेत्रमा बिशेष रुपमा लघुकथा श्रस्टाहरुलाई एकताबद्ध गरि नयाँ खोज-अध्ययन गर्दै नब प्रतिभाहरुलाई प्रेरित गर्दै आएको छ ।)


Please Write us your Creation: lekhapadhimedia@gmail.com

visit us: www.lekhapadhi.com