‘फुलबुट्टे सारी’ मदनकृष्णको स्वरमा लिजेन्डरी भर्सन: फाल्गुन ४ मा सार्बजनिक हुने


[ss_social_share]
लेखक : लेखापढी      २ फाल्गुन २०७७, आईतवार २१:४० मा प्रकाशित     
‘फुलबुट्टे सारी’ मदनकृष्णको स्वरमा लिजेन्डरी भर्सन: फाल्गुन ४ मा सार्बजनिक हुने

काठमाडौं । चर्चित गीत ‘फुलबुटे सारी’ को मेल, फिमेल र बेबी भर्जनपछि अब लिजेन्डरी भर्जन पनि आउने भएको छ । यसको लिजेन्डरी भर्जनमा दिग्गज कलाकार तथा गायक मदनकृष्ण श्रेष्ठको स्वर सुन्न पाइनेछ ।

पार्किन्सनका कारण गायन क्षेत्रबाट करिब बिदा लिइसकेकामा राजनराज शिवाकोटीको प्रस्तावलाई नकार्न नसकेर यसमा स्वर दिन तयार भएको कलाकार श्रेष्ठले जानकारी दिएका छन् । “फेरि एकपटक पुराना गायक भर्सनका रुपमा मलाई पनि गाउन लगाइएको छ । पार्किन्सनका कारण मैले गायन क्षेत्रबाट करिब करिब बिदा नै लिइसकेको थिएँ तैपनि राजनराज शिवाकोटी भाइले ल्यानुभएको प्रस्तावलाई नकार्न मन लागेन । एकपटक कोसिस गरेर हेरुँ न त जस्तो लाग्यो र प्रयास गरेँ…” कलाकार श्रेष्ठले आफ्नो फेसबुक वालमा लेखेका छन् ।

अन्तमा उनले ठट्यौली पारामा लेखेका छन्, “यो गीत गाउँदा मलाई न्वारानदेखिको बल निकाल्न परेको थियो हाहा…”

लिजेन्डरी भर्जनको गीत यही फागुन ४ गते श्रीपञ्चमीको दिन सार्वजनिक हुँदै छ । गीतको भिडियोमा मदनकृष्ण श्रेष्ठ र मिथिला शर्मा देखिँदै छन् । शिवाकोटीको शब्द र संगीत रहेको यस गीतको अघिल्लो तीन भर्जनमा गायक मार्मिक लामा, मिलन नेवार र अरिश्मा सिवाकोटीले स्वर भरेका हुन् ।

50% LikesVS
50% Dislikes
Spread the love !
  • 6
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    6
    Shares