काठमाडौँ- महिला लघुवित्त वित्तिय संस्थाको आईपीओमा करिब साढे १ अर्ब रुपैयाँ बराबरको आवेदन परेको छ । आइतबार ५ बजेसम्ममा ९ लाख ६३ हजार ८६८ वटा आवेदनबाट सो बराबरको शेयर माग भएको हो । लघुवित्तकाे ०.५ प्रतिशत अर्थात ५ हजार कित्ता शेयर कर्मचारीहरु र ५ प्रतिशत अर्थात २० हजार कित्ता शेयर सामुहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहने ३ लाख ७५ हजार कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन्।
लघुवित्तको आईपीओमा प्रतिशेयर १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि त्यसभन्दा बढीको लागि १० अंकले भाग जाने संख्यामा अधिकतम १ हजार कित्तासम्मको लागि आवेदन दिन सकिनेछ। लघुवित्तको आईपीओमा फागुन ५ गतेसम्ममा आवेदन दिन सकिनेछ।
लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैकिंग लिमिटेडका अनुसार आईपीओमा १ करोड ४९ लाख ३५ हजार ९७० कित्ता अर्थात १ अर्ब ४९ करोड ३५ लाख ९७ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । उक्त आवेदन सर्वसाधारणकालागि निष्काशन गरेको ३ लाख ७५ हजार कित्ताको ३९.८३ गुणा बढी हुन आउँछ ।