हत्यारालाई पानीमुनि गए पनि छोड्दैनौँ : प्रधानमन्त्री ओली


[ss_social_share]
लेखक : लेखापढी      १ फाल्गुन २०७७, शनिबार २०:२० मा प्रकाशित     
हत्यारालाई पानीमुनि गए पनि छोड्दैनौँ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बैतडीकी भागरथी भट्टको हत्यारालाई कार्बाहीको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । शनिबार बुटवलमा आयोजित सभामा उनले भट्टको हत्यारालाई पानीमुनि गए पनि नछोड्ने बताए ।

“निर्मला हत्याकाण्ड होस् या भागरथी हत्याकाण्ड । यस्ता हत्याकाण्डका अपराधिलाई पानीमुनि गए पनि छोडिने छैन । विश्वका कुनै भागमा पुगे पनि छोडिने छैन । खोजेर, समातेर ल्याएर उनीहलाई कानुनी दायारामा राखेर कार्बाही गरेर छोडिनेछ”, उनले भने ।

उनले एक वर्ष लुकाए पनि कार्बाहीको समय कट्टा नहुने बताए । केही समयमा नै अपराधीलाई कठघरामा उभ्याउने प्रधानमन्त्री ओलीको भनाइ थियो ।

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •