भागरथी हत्याकाण्डमा कुकुरले देखाएको ‘खोचलेक’ बजारतिरको संकेत


[ss_social_share]
लेखक : लेखापढी      १ फाल्गुन २०७७, शनिबार २३:५९ मा प्रकाशित     
भागरथी हत्याकाण्डमा कुकुरले देखाएको ‘खोचलेक’ बजारतिरको संकेत

बैतडी- भागरथी भट्ट बलात्कार पछी हत्या भएको ११ दिन बित्दा समेत प्रहरी कुनै निष्कर्षमा पुग्न सकेको छैन । घटनास्थलको प्रकृति, घटनाको भोलिपल्ट परेको पानी र अपराधीले गरेको केही चलाखीका कारण पनि यो घटना झन्–झन् पेचिलो बन्दै आएको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट लगिएको तालिमप्राप्त कुकुरले अपराधी गएको बाटो देखाएपनि अपराधीको घरसम्म पुग्न सकेन । यद्यपि प्रहरीलाई भने कुकुरले देखाइदिएको बाटोले केही सङ्केत गर्न भने मद्दत गरेको छ ।

विद्यालयबाट करिब आधा घण्टाको पैदल दुरीमा पर्ने घटनास्थल र कुकुरले गरेको सङ्केतको एउटा तथ्य के हो भने कुनै न कुनै रुपमा अपराधी बजारबाटै गएको वा अपराध गरेपछि पुनः बजारतर्फ नै फर्किएको छ । मानिसहरुको बाक्लो उपस्थिति रहने बजारतर्फ नै सङ्केत गर्नुको अर्थ अपराधी र बजारबीच केही न केही सम्बन्ध छ, त्यो पनि अपराध गरेकै दिन र अपराधसँग सम्बन्धित ।

अपराध हुनुभन्दा अगाडिको घटनाक्रमलाई हेर्ने हो भने भागरथी उक्त दिन पौने २ बजे पढाई सकेर विद्यालयबाट घरतर्फ फर्किएकी छिन् । बाटोमा पर्ने खोचलेक बजारसम्म सहपाठी तथा गाउँकै भाइ भानदेव भट्टसँगै गएकी थिएन् । तर भानदेवले स्थानीय सैलुनमा कपाल काट्ने भनेपछि भागरथीले बजारको पसलबाट एक प्याकेट चाउचाउ किनेर घरतर्फ एक्लै अगाडि बढेकी थिइन् ।

यो घटनाक्रमलाई अपराधीले सायद नजिकबाट चिहाएको थियो । त्यसपछि अपराधीले तत्कालै वा बिस्तारै भागरथीको पिछा गर्न सुरु गर्यो । पिछा गर्दा अपराधीले कुनै मोटरसाइकलमा गएर कुकुरले पछ्याएको स्थान अर्थात् घटनास्थलभन्दा करिब ८ सय मिटर पूर्व बजारतर्फ नै मोटरसाइल राखी त्यहाँबाट हिँडेरै भागरथीको पिछा गरेको हुनसक्छ । करिब आधा घण्टाको पैदल दुरीमा पर्ने लवलेक जङ्गलमा पुगेपछि एकान्त स्थान पाएर अपराधीले भागरथीमाथि बलात्कार गरेको हुनसक्ने प्रहरीको बुझाई छ । भागरथीले प्रतिकार गर्दै पोल खोल्ने बताएपछि उनको हत्या भएको हुनसक्ने प्रहरीको विश्लेषण छ ।

घटनाक्रमलाई हेर्दा खोचलेक बजारबाट भागरथी एक्लै आफ्नो घरतर्फ लाग्नु, बाटोमा कोही नहुनु र अपराध गरेपछि अपराधी पुनः खोचलेक बजारतर्फ फर्कनुले अपराधमा खोचलेक कनेक्सन कुनै न कुनै तबरले जोडिएकै छ । अपराधी खोचलेक बजारमै हुनु, अपराधी खोचलेक बजारतर्फ नै फर्कनु वा अपराधी कुनै मोटरसाइकल वा कुनै पनि प्रकारको सवारीमा चढेर पुनः बजारतर्फ नै आएको हुन सक्ने सङ्केत कुकुरले गरेको छ । प्रहरी प्रवक्ताका अनुसार केहि दिनमै प्रहरी अपराधि समक्ष पुग्ने बताउनु भएको छ ।

100% LikesVS
0% Dislikes
Spread the love !
  • 3
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares