पश्चिमी वायुको प्रभाव: हिमपातको सम्भावना


[ss_social_share]
लेखक : लेखापढी      ३० माघ २०७७, शुक्रबार १६:२५ मा प्रकाशित     
पश्चिमी वायुको प्रभाव: हिमपातको सम्भावना

माघ ३० गते । पश्चिमी वायुको प्रभावले आगामी तीन दिन देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात हुने भएको छ ।

उक्त प्रणालीको प्रभावले आगामी आइतबारसम्म देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । “यस वायुको प्रभावले वर्षा हुने सम्भावना भने  छैन ।” उहाँले भन्नुभयो ।

हाल देशको सुदूरपश्चिम प्रदेश र अन्य केही पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभागले आगामी २४ घण्टाको लागि चेतावनी तथा परामर्श जारी गदैँ उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना र तराईका केही भूभागमा बिहानपख हुस्सु÷कुहिरो लाग्न सक्ने हुँदा चिसो अझै रहिरहने देखिएकोले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम सात दशमलव ८ डिग्री र अधिकतम तापक्रम २१ दशमलव ६ डिग्री सेल्सियस  छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस दुई दशमलव चार डिग्री सेल्सियस छ ।

50% LikesVS
50% Dislikes
Spread the love !
  • 7
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    7
    Shares