वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीद्वारा मरणोपरान्त शरीर दानको घोषणा


[ss_social_share]
लेखक : लेखापढी      ३० माघ २०७७, शुक्रबार १८:२४ मा प्रकाशित     
वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीद्वारा मरणोपरान्त शरीर दानको घोषणा

वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशी दम्पत्तीले मृत्युपछि शरीर दान दिने घोषणा गरेका छन्। 

 शुक्रबार ललितपुर महानगरपालिकाको प्राङ्गणमा जोशी र उनकी धर्मपत्नी राधादेवी जोशीले आफ्नो भौतिक शरीर मृत्युपछि किष्ट मेडिकल कलेजलाई दान दिने बताएका छन्।

चिकित्सा विज्ञान प्रयोगात्मक ज्ञानका लागि मरणोपरान्त आफ्नो शरीर दान दिएको उनीहरूले बताएका छन् । १०१ वर्षीय जोशी र ९६ वर्षीया श्रीमती राधादेवी जोशीसहितको हस्ताक्षरसहितको किष्ट मेडिकल कलेजलाई लेखिएको शरीर दान गर्ने मन्जुरी पत्रमा छोरा अनुपराज जोशीले हस्ताक्षर गरेका छन् ।

आफ्नो शरीर आफू मरेपछि पनि उपयोगी होस् भनेर दुबै दम्पत्तले यो कदम चालेको यसअघि नै जोशीले बताइसकेका छन् ।

शरीर दान कार्यक्रम ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनको उपस्थितिमा कार्यक्रम आयोजना गरिएको हो।

100% LikesVS
0% Dislikes
Spread the love !
  • 4
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    4
    Shares