नेपाली लेग स्पिनर सन्दीप लामिछानेले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२१ को अक्सनमा आफ्नो न्यूनतम मूल्य ४० लाख भारतीय रुपैयाँ राखेका छन्।
ट्वेन्टी-ट्वेन्टी क्रिकेटको चर्चित इन्डियन प्रीमियर लीग (आईपीएल) को सन् २०२१ को प्रतियोगिताका निम्ति खेलाडीहरूलाई अक्शन वा लिलाम बढाबढबाट छान्ने सूचीमा यसपालि पनि केवल एक नेपाली खेलाडी परेका छन्।
आईपीएलले आगामी फेब्रुअरी १८ मा हुने अक्सनमा सहभागी खेलाडीको न्यूनतम मूल्यसूची सार्वजनिक गरेको छ। जसमा जसमा सन्दीपको मूल्य न्युनतम ४० लाख भारतीय रुपैयाँ रहेको छ।
उनीबाहेक नेपाल क्रिकेट एसोसिएसन (क्यान)ले आईपीएलका निम्ति प्रस्ताव गरेर पठाइदिएको अन्य सात नेपाली क्रिकेटरहरूले भने सो सूचीमा ठाउँ पाउन सकेनन्। नेपालबाट नाम दर्ता गराएका दीपेन्द्रसिंह ऐरी, विकेटकिपर विनोद भण्डारी, अलराउन्डर करण केसी, सोमपाल कामी, कुशल मल्ल, ब्याट्सम्यान शरद भेषावकर र अभिनास बोहराको नाम अक्सन लिस्टमा भने अटाएको छैन।
३ वर्षे सम्झौता सकिएसँगै दिल्लीले सन्दीपलाई फुकुवा गरेको छ। सन्दीपले तीन सिजनमा ९ खेलमा १३ विकेट लिएका थिए।