डा. गोविन्द केसी फागुन १२ गतेदेखि अनशन बस्‍ने, २० औं सत्याग्रह घोषणा


डा. गोविन्द केसी फागुन १२ गतेदेखि अनशन बस्‍ने, २० औं सत्याग्रह घोषणा

डा. गोविन्द केसीले प्रतिनिधिसभा विघटनविरुद्ध अनशन घोषणा गरेका छन् । उनले अवैधानिक रुपमा गरिएको प्रतिनिधिसभा विघटनको प्रयासबाट संविधानको रक्षा गरियोस् भन्दै फागुन १२ गतेदेखि अनशन बस्‍ने बताएका हुन् । याे उनकाे २० औं सत्याग्रह हाे । 

केसीले विभिन्न ३ बुँदे माग राखेर फागुन १२ गतेदेखि अनशन घोषणा गरेका छन् । उनले संसद विघटनको प्रयासबाट संविधानको रक्षा गर्नुपर्ने, संवैधानिक निकायहरुमा हालै गरिएका नियुक्ति रद्द गर्नुपर्ने, चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका लागि विगतका अनशनमा भएका सम्झौता कार्यान्वयन गर्न माग गरेका छन् ।

माग पूरा नभए ७७ जिल्लाको जुनसुकै ठाउँबाट पनि अनशन सुरु हुने केसीले बताएका छन् ।