अन्ततः नेकपा नेतृ रामकुमारी झाँक्री पक्राउ, राज्यविरुद्धको कसुर गरेको आरोप


[ss_social_share]
लेखक : लेखापढी      २९ माघ २०७७, बिहीबार १४:०७ मा प्रकाशित     
अन्ततः नेकपा नेतृ रामकुमारी झाँक्री पक्राउ, राज्यविरुद्धको कसुर गरेको आरोप

सरकारले नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहकी नेता रामकुमारी झाँक्रीलाई गलत कानुनको प्रयोग गरेर पक्राउ गरेको छ।

महानगरीय अपराध महाशाखाको टोली झाँक्रीलाई उनकै घरबाट पक्राउ गरेको हो ।

महानगरीय अपराध महाशाखाका डिएसपी दुर्गाराज रेग्मी नेतृत्वको टोलीले बिहीबार दिउँसो झाँक्रीलाई मुलुकी (अपराध) संहिताको राज्यविरूद्धको कसुरको दफा ५८ अनुसार पक्राउ पुर्जी दिएका थिए।

राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले झाँक्रीलाई पक्राउ गरेको हो । 

यसअघि उनलाई महानगरीय प्रहरीले सोधपुछका लागि बोलाएको थियो । लगत्तै सादा पोसाकका प्रहरी शंखमूल पुगेका थिए । झाँक्रीले उनीहरूलाई पहिले पक्राउ पुर्जी लिएर आउन भनेकी थिइन् । प्रहरीले पक्राउ पुर्जी लगेपछि उनले गिरफ्तारी दिएकी हुन् ।

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •