ग्यास,डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य बढ्याे


[ss_social_share]
लेखक : लेखापढी      २९ माघ २०७७, बिहीबार ००:४६ मा प्रकाशित     
ग्यास,डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य बढ्याे

काठमाडौँ- नेपाल आयल निगमले खाना पकाउने ग्यास, डिजेल, पेट्रोल र मट्टीतेलको भाउ बढाएकाे छ । मंगलबार बसेकाे निगम सञ्चालक समितिकाे बैठकले मूल्य समायोजन गर्ने निर्णय गरेकाे हाे ।

एक वर्षपछि निगमले खाना पकाउने एलपी ग्यासकाे मूल्य पनि बढाएकाे छ । डिजेल, पेट्रोल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँका दरले मूल्य बढाईएकाे छ भने खाना पकाउने ग्यासकाे प्रतिसिलिन्डर मूल्य २५ रुपैयाले बढेको निगमका प्रवक्ता विनित मणि उपाध्यायले जानकारी दिए ।

बढेको मूल्यअनुसार काठमाडौं उपत्यकामा पेट्रोलकाे प्रतिलिटर मूल्य ११२, डिजेल तथामट्टीतेलकाे ९५ र खाना पकाउने ग्यासकाे प्रतिसिलिन्डर मूल्य १४०० सय कायम भएको निगमले जनाएको छ ।

100% LikesVS
0% Dislikes
Spread the love !
  • 10
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    10
    Shares