महिलालाई खाडी मुलुकमा भिजिट भिसामा जान वडाको सिफारिस चाहिने कानुन बनाइँदै


[ss_social_share]
लेखक : लेखापढी      २८ माघ २०७७, बुधबार १९:०२ मा प्रकाशित     
महिलालाई खाडी मुलुकमा भिजिट भिसामा जान वडाको सिफारिस चाहिने कानुन बनाइँदै

सरकारले खाडी मुलुकमा पहिलो पटक भिजिट भिसामा जान लागेका ४० वर्षभन्दा कम उमेरका महिलालाई वडा र परिवारको सिफारिस चाहिने व्यवस्था गर्ने तयारी गरेको छ ।

अध्यागमन विभागले विदेश भ्रमणसम्बन्धि कार्यविधिमा संशोधन गरि खाडी मुलुकमा पहिलोपटक भ्रमण गर्ने महिलालाई परिवारको सहमति वा वडाको सिफारिस अनिवार्य चाहिने प्रावधान राख्न सिफारिस गरेको हो । 

भिजिट भिसामा हुने मानव तस्करी रोक्न भन्दै सरकारले महिलालाई विदेश जान कडाइ गर्न लागेको हो  । भिजिट भिसा (पर्यटक भिसा)मा महिलाहरू एक्लै विदेश जाने अवस्थामा परिवारको सहमति र वडा कार्यालयको सिफारिस अनिवार्य चाहिने नियम लागू गर्न लागिएको छ । अध्यागमन विभागले यस्तो प्रावधानसहितको भिजिट भिसासम्बन्धी नयाँ कार्यविधि गृह मन्त्रालयमा स्वीकृतका लागि पठाएको छ ।

कार्यदलको सिफारिसकै आधारमा अबदेखि भ्रमण भिसामा विदेश जानेले डलर सटहीको प्रमाण पनि देखाउनुपर्ने व्यवस्था गर्न लागिएको उनले बताए । ‘अहिलेसम्म डलर सटहीमा बैंकको छाप भए पुग्थ्यो तर अब डलर सटहीमा बैंकको भौचर वा भरपाई पनि चाहिनेछ,’ उनले भने । भ्रमण गर्नेको बीमाको सन्दर्भमा पनि नयाँ सिफारिस गरिएको निर्देशक पौडेलले बताए । 

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •