काठमाडौं । प्रतिनिधि सभा विघटनको विरोधमा नेकपा प्रचण्ड–माधव पक्षले आयोजना गरेको बृहत विरोध प्रदर्शन र सभाअघि काठमाडौ उपत्यकाका विभिन्न ५ स्थानबाट जुलुस निकालेको छ ।
मसभा सुरु हुनु अघि राजधानीका विभिन्न स्थानबाट जुलुस निस्किएको छ, जसमा देशभरबाट आएका नेता कर्यकर्ता तथा समर्थकको उल्लेख्य सहभागिता छ ।
संसद विघटनविरुद्ध काठमाडौंमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहको विरोध सभा सुरु भएको छ । काठमाडौंका विभिन्न स्थानबाट निस्किएको जुलुस भृकुटीमण्डप पुगेर सभामा परिणत भएको हो ।
५ पुसमा संसद विघटन भएपछि विभाजित नेकपाको प्रचण्ड–माधव समूहले यसअघि पुस १४ र माघ ९ मा पनि प्रदर्शन गरेको थियो।