आज प्रचण्ड–माधव पक्षको शक्ति प्रदर्शन: जुलुस निस्कँदै, ट्राफिक जाम सुरु


[ss_social_share]
लेखक : लेखापढी      २८ माघ २०७७, बुधबार ११:५२ मा प्रकाशित     
आज  प्रचण्ड–माधव पक्षको शक्ति प्रदर्शन: जुलुस निस्कँदै, ट्राफिक जाम सुरु

नेकपा प्रचण्ड–माधव समूहले आज काठमाडौंमा प्रदर्शनको अयोजना गरेको छ । प्रदर्शनका क्रममा २ लाख मान्छे उतार्ने सो समूहले जनाएको छ ।

प्रतिनिधिसभा विघटनको विरोधमा आयोजित यो कार्यक्रमलाई सो पार्टीले आफ्नो शक्ति प्रदर्शनका रुपमा लिएको छ ।

यातायात आवागमनलाई व्यवस्थित गर्ने प्रयासमा बिहानैदेखि डाइभर्सन सुरु गरिएको छ ।

प्रदर्शनका क्रममा ५ स्थानबाट जुलुस निकाल्ने सो समूहको तयारी छ । जुलुस निस्कने भएपछि ट्राफिक भने अस्तव्यस्त भएको छ ।

पुल्चोक, त्रिपुरेश्वर, माइतीघर, केशरमहल र जमलबाट बिहान ११ बजे जुलुस निस्कने जनाइएको छ । प्रदर्शनकै कारण ट्राफिक जाम हुन सुरु भएको छ । 

कालीमाटी, थापाथली, लैनचौर, रत्नपार्क, पुतलीसडक क्षेत्रतिर आउने साना गाडीहरुलाई पनि डाइभर्सन गरिएको छ । वैकल्पिक सडकमा पनि सवारी साधनहरुको जाम सुरु भएको छ ।

50% LikesVS
50% Dislikes
Spread the love !
  • 7
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    7
    Shares