ओस्कर अवार्ड २०२१ अप्रिल २५ देखि


ओस्कर अवार्ड २०२१ अप्रिल २५ देखि

काठमाडौं । द एकेडेमी अफ मोसन पिक्चर आर्टस एन्ड साइन्सेस (ओस्कर) ले बुधबार नौ विधाको सर्टलिस्ट सार्वजनिक गरेको छ । सन् २०२१ मा हुन लागेको ९३औं एकेडेमी अवार्डको सर्टलिस्ट एकेडेमीले सार्वजनिक गरेको हो ।

एकेडेमीले सार्वजनिक गरेको नौ विधाअन्तर्गत, डकुमेन्ट्री फिचर, डकुमेन्ट्री सर्ट लिस्ट, इन्टरनेसनल फिचर, मेकअप एन्ड हेयरस्टाइलिङ, ओरिजिनल स्कोर, ओरिजिनल सङ, एनिमेटेड सर्ट फिल्म, लाइभ एक्सन सर्ट फिल्म र भिजुअल इफेक्ट छन् ।

जसमध्ये डकुमेन्ट्री फिचर, इन्टरनेसनल फिचर, ओरिजिनल स्कोर, ओरिजिनल सङतर्फ १५-१५ वटा परेका छन् । अन्य सबैमा १०-१० वटा पर्न सफल भएका छन् । फेब्रुअरी ५ सम्मको भोटिङको नतिजाका आधारमा यी सर्टलिस्टहरु सार्वजनिक गरिएको भेराइटीले उल्लेख गरेको हो । अब नोमिनेसनको भोटिङ प्रक्रिया मार्च ५ देखि मार्च १० सम्म चल्नेछन् ।

यसका आधारमा ओस्कर अवार्ड २०२१ को नोमिनेसन लिस्ट मार्च १५ मा सार्वजनिक गरिने पनि भेराइटीले बताएको छ । ९३औं ओस्कर अवार्ड २०२१ अप्रिल २५ आइतबार ५ बजे एबीसी च्यानलबाट लाइभ प्रसारण गरिनेछ । जुन विश्वभरिमा २२५ देशहरुले एकैपटक हेर्न पाउने व्यवस्था गरिएको मिलाएको छ ।