डोटीमा प्याराग्लाइडिङ: आन्तरिक पर्यटकको आकर्षण केन्द्र सुदुरपस्चिम


[ss_social_share]
लेखक : लेखापढी      २८ माघ २०७७, बुधबार १९:१४ मा प्रकाशित     
डोटीमा प्याराग्लाइडिङ: आन्तरिक पर्यटकको आकर्षण केन्द्र सुदुरपस्चिम

डोटी-डोटीको जोरायल गाउँपालिका–२ रुपसकाँडामा प्याराग्लाइडिङ सञ्चालन भएपछि पर्यटकको आर्कषण बढ्दै गएको छ। बुडर र रुपसकाँडाका डाँडामा प्याराग्लाइडिङ शुरु गरिएपछि आन्तरिक पर्यटक तथा प्याराग्लाइडिङ गर्नेको आकर्षण बढ्न थालेको हो।

स्काइलाइन प्रालि तीन वर्ष अघिदेखि नै कम्पनी दर्ता गरी प्याराग्लाइडिङ थालेको हो। रुपसकाँडामा हावाको वेग तटस्थ हुँदा सहज प्याराग्लाइडिङ गर्न सकिने तथा यहाँको हावाको वेगले प्याराग्लाइडिङ उडान भर्न सहज हुने गरेको पाइलट विष्णु तिमिल्सिनाले बताए।

जोरायल गाउँपालिका–२ का वडाध्यक्ष मानबहादुर मल्लले भनेका छन्- प्याराग्लाइडिङबाट हिमाल, हरियाली डाँडाकाँडा सुन्दरबस्ती, तराईका फाँट, नदी खोलाका साथै अन्य रमणीयस्थल देख्न सकिने भएकाले स्वदेशी पर्यटकको आकर्षण बढेको छ।

 प्याराग्लाइडिङ उडान गर्न शुरु गरेपछि आन्तरिक पर्यटक बढ्दै गएका छन् भने चहलपहल बढ्नुका साथै होटेल व्यवसाय पनि राम्रै चलेको छ। अहिले दैनिकजसो १५ जना आन्तरिक पर्यटकले प्याराग्लाइडिङ उडान भर्ने गरेको छतिवन पर्यटन प्रवद्र्धन तथा संरक्षण विकास समितिले जनाएको छ।

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •