कोरोनाबाट मृत्यु हुनेको संख्या आज पनि शून्य: क्वारेन्टिनमा ८८ जना मात्र


[ss_social_share]
लेखक : लेखापढी      २८ माघ २०७७, बुधबार १८:२८ मा प्रकाशित     
कोरोनाबाट मृत्यु हुनेको संख्या आज पनि शून्य: क्वारेन्टिनमा ८८ जना मात्र

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) का कारण यो महिना तेस्रोपटक शून्य मृत्यु भएको छ । बुधबार भएको शून्य मृत्यु माघ महिनामा भएको तेस्रो शून्य मृत्यु हो ।

मंगलबारसम्म नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई हजार ४७ पुगेको थियो । विगत चौबीस घण्टामा तीन हजार ५६७ जनाको पीसीआर परीक्षण गरिएकामा १३४ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७२ हजार ३४९ पुगेको छ । त्यस्तै गएको चौबीस घण्टामा ११८ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ६८ हजार ५४९ पुगेको छ । हाल क्वारेन्टिनमा ८८ जना छन् भने आइसोलेसनमा एक हजार ७५३ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •