नेपाली बालिकाको बिहारमा बलात्कारपछि हत्या: प्रहरी चौकी प्रमुख निलम्बित


[ss_social_share]
लेखक : लेखापढी      २७ माघ २०७७, मंगलवार १४:५४ मा प्रकाशित     
नेपाली बालिकाको बिहारमा बलात्कारपछि हत्या: प्रहरी चौकी प्रमुख निलम्बित

काठमाडौं । भारतको बिहारमा नेपाली बालिकाको बलात्कारपछि हत्या गरेको घटनामा मुछिएपछि स्थानीय प्रहरी चौकीका इन्चार्जलाई निलम्बन गरिएको छ ।

मोतिहारी प्रहरीका एसपी नवीन चन्द्र झाले कुण्डवा चैनपुर थानाका प्रमुख सञ्जीवकुमार रञ्जनलाई निलम्बन गरेको टाइम्स अफ इण्डियाले जनाएको छ ।

उनीमाथि आरोपीसँग मिलेको र पीडितको जाहेरी लिन अस्वीकार गरेको आरोप लागेको छ । आरोपी र थाना प्रमुखबीचको अडियो कुराकानी भाइरल भएपछि मिलिभगतको आशंका गरिएको थियो ।

गत माघ ८ गते बर्दियाको बारबर्दिया नगरपालिका-३ की १२ वर्षीया सुमित्रा विकको ११ जनाले सामूहिक बलात्कारपछि हत्या गरेर जलाएका थिए । मृतकका परिवार भारतमा मजदुरी गर्दै गुजारा चलाउँदै आएका थिए ।

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •