रुसमा दैनिक कोरोना सङ्क्रमितको सङ्ख्यामा धेरै कमि


[ss_social_share]
लेखक : लेखापढी      २७ माघ २०७७, मंगलवार ०४:२० मा प्रकाशित     
रुसमा दैनिक कोरोना सङ्क्रमितको सङ्ख्यामा धेरै कमि

एजेन्सी । रुसमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरूको सङ्ख्यामा कमी हुँदै आएको छ ।  गत अक्टोबर २२ पछि सोमबार पहिलो पटक रुसमा दैनिक सङ्क्रमितहरूको सङ्ख्या १६ हजारभन्दा कम देखिएको अधिकारीहरूले जनाएका छन् । 

उनीहरूका अनुसार पछिल्लो २४ घण्टामा रुसमा १५ हजार ९१६ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । एक दिनमा कूल सङ्क्रमितमध्ये राजधानी मस्कोमा मात्रै सङ्क्रमितको सङ्ख्या भने एक हजार ७२८ रहेको पनि अधिकारीहरूले जनाएका छन् । 

यसअघि मस्कोमा मात्रै एक दिनमा दुई हजार २८ जना सङ्क्रमित भएका छन् । यस तथ्याङ्क अनुसार मस्कोमा पनि दैनिक सङ्क्रमितको सङ्ख्या घट्दै गएको छ ।  त्यसैगरी पछिल्लो २४ घण्टामा रुसमा कोरोनाका कारण ४०७ जनाको मृत्यु भएको छ । अघिल्लो दिनभने त्योभन्दा केही धेरै ४३२ जनाको मृत्यु भएको थियो । 

कोरोनाका कारण रुसमा अहिलेसम्म कूल ७७ हजार ६८ जनाको मृत्यु भएको अधिकारीहरूले जानकारी दिएका छन् ।  

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •