ओस्कर विजेता हलिउड अभिनेता क्रिस्टोफर प्लमरको निधन


[ss_social_share]
लेखक : लेखापढी      २६ माघ २०७७, सोमबार ०३:४२ मा प्रकाशित     
ओस्कर विजेता हलिउड अभिनेता क्रिस्टोफर प्लमरको निधन

एजेन्सी – चर्चित हलिउड अभिनेता क्रिस्टोफर प्लमरको ९१ वर्षको उमेरमा शुक्रबार निधन भएको छ । सन् २०१२ मा ओस्कर अवार्ड जितेका प्लमरले अन्य थुप्रै अवार्ड पनि जितिसकेका छन् । उनि  ओस्कर अवार्ड जित्ने सबैभन्दा अग्रज कलाकार बनेका थिए ।

अभिनयको ६० वर्षभन्दा लामो करियरमा उनले कैयौं स्टेज शो, टीभी शो र चलचित्रहरुमा काम गरेका छन् । यीमध्ये उनको यादगार चलचित्रमा ‘द साउन्ड अफ म्युजिक’ शीर्ष स्थानमा आउँछ ।

प्लमरसँग यही चलचित्रमा काम गरेकी अभिनेत्री जुली ऐंड्रयुजले उनको निधनले संसारले एक पूर्ण अभिनेता गुमाएको भन्दै लेखेकी छिन्- “संसारले आज एक पूर्ण अभिनेता गुमाएको छ र मैले एक अनमोल साथी । मसँग हामीले सँगै काम गरेका दिनको सम्झनाको खजाना छ र यी वर्षहरुमा हामीले धेरै रमाइलो गर्‍यौं ।”

साथै अन्य सेलिब्रिटीहरुले पनि उनीसँग काम गरेको दिन सम्झिँदै उनको निधनमा सामाजिक सञ्जालमार्फत शोक व्यक्त गरेका छन् । दिग्गज अभिनेता प्लमरको निधनको खबरमा धेरै हलिउड सेलिब्रेटीहरुले शोक व्यक्त गरेका छन् ।

50% LikesVS
50% Dislikes
Spread the love !
  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares