बैतडी भागरथी भट्टको बलात्कारपछि हत्याकाण्डमा ‘क्लोज रिङ’ बनाएर प्रहरी पुग्यो शंकास्पद नजिक


[ss_social_share]
लेखक : लेखापढी      २६ माघ २०७७, सोमबार १४:३४ मा प्रकाशित     
बैतडी भागरथी भट्टको बलात्कारपछि हत्याकाण्डमा ‘क्लोज रिङ’ बनाएर प्रहरी पुग्यो शंकास्पद नजिक

बैतडी-  १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या प्रकरणमा प्रहरीले शंकास्पदहरुको ‘क्लोज रिङ’ बनाएको छ । घटनामा नजिककै व्यक्तिको संलग्नता हुनसक्ने प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ ।

गत बुधबार विद्यालयबाट फर्कने क्रममा बेपत्ता भएकी भागरथी बिहीबार साँझ लवलेक सामुदायिक वनमा मृत अवस्थामा फेला परेकी थिइन् । शवको पोस्टमार्टम रिपोर्ट भने प्रहरीले प्राप्त गरिनसकेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेश सिंहले जानकारी दिए ।

प्रबक्ता सिंहका अनुसार  “क्लुहरु भेटिएका छन् । छिटै अपराधीसम्म पुग्छौं । विभिन्न कोणबाट अनुसन्धान जारी छ । केही सामग्री अनुसन्धानका लागि विधि विज्ञान प्रयोशालामा पठाएका छौं ।”

 भारतमा आफन्तसँग कुरा गर्नका लागि भागरथीले भारतीय सीमकार्ड राखेको परिवारजनले प्रहरीलाई जानकारी दिएका छन् । सीमा क्षेत्रमा बसोबास गर्दै आएका नेपालीले भारतीय सीमकार्ड प्रयोग गर्दै आएका छन् । आवश्यक परे भारतीय प्रहरीको समेत सहयोग लिन सकिने प्रवक्ता सिंह बताउँछन् ।

“अहिले नै पूर्ण यकिनका साथ त भन्न सकिँदैन । तर प्रारम्भिक अनुसन्धानमा घटनामा एकजनाकै संलग्नताको अनुमान हामीले गरेका छौं ।” प्रबक्ता सिंहले बताए | घटनाबारे जानकारी लिन सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी उत्तमराज सुवेदी बैतडी पुगेका छन् । उनले हिजो नै भागरथीको शव भेटिएको स्थानमा पुगेका थिए । उनले अनुसन्धानमा संग्लन टोलीसंग भइरहेको प्रगतीबारे समेत जानकारी लिएका छन् । केहीदिन डीआईजी सुवेदी बैतडीमै रहने बताइएको छ ।

विद्यालयबाट निस्कँदा चारजना साथी रहेको र घरमा आमा एक्लै छन् भन्दै उनी साथीहरुबाट छुट्टिएर एक्लै हिँडेकी थिइन् । बिहीबार उनी मृत फेला परेकी थिइन् । भागरथीको कपडा च्यातिएको, शरीरमा नीलडाम, घाउ, घाँटी निमोठेको पाइएको छ । शवको प्रकृति हेर्दा भागरथीले अपराधीसँग संघर्ष गरेको देखिएको अनुसन्धानमा संलग्न अधिकारीहरुको दाबी छ ।

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •