प्रदेश १ मा सत्तापक्षबाटै संसद अवरोध, मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव पेस हुन पाएन


[ss_social_share]
लेखक : लेखापढी      २५ माघ २०७७, आईतवार १९:०२ मा प्रकाशित     
प्रदेश १ मा सत्तापक्षबाटै संसद अवरोध, मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव पेस हुन पाएन

काठमाडौँ — प्रदेश १ को प्रदेशसभा बैठक अवरुद्ध भएको छ । सत्तापक्षका सत्ता पक्षका सांसदहरुले विरोध जनाएपछि आइतबारको बैठक कार्यसूचीमा प्रवेश गर्न नपाएको हो । आइतबार दिउँसो अबेर सुरु भएको बैठक नेकपा ओली समूहका सांसदहरुले अवरोध गरेका हुन् ।

ओली समूहका सांसदले उठेर विरोध गरेपछि सभामुख प्रदीपकुमार भण्डारीले आगामी फागुन ९ गतेसम्मका लागि बैठक स्थगित गरेका छन् ।

आजको बैठकमा मुख्यमन्त्री राईविरुद्ध संसद् सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्ताव पेस हुने कार्यसूची थियो ।

 

50% LikesVS
50% Dislikes
Spread the love !
  • 6
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    6
    Shares