एकाग्रता: प्रेरणादायी कथा – Motivational Story !!


लेखक : लेखापढी      २५ माघ २०७७, आईतवार ११:५९ मा प्रकाशित     
एकाग्रता: प्रेरणादायी कथा – Motivational Story !!

(यदि मन शान्त छ भने एकाग्रता बढ्छ, एकाग्रताले सफलता मिल्छ !!)

एकजना धनी व्यक्तिसंग एक अति महँगो घडी थियो । एकदिन उक्त महँगो घडी हरायो, जसका कारण ति व्यक्ति दु:खी भए । 

घर भित्र सबै कोठाहरुमा खोजे तर भेटाएनन । 

एकदम चिन्तित भएर घर बाहिर बसिरहेका थिए, त्यतिकैमा पर मैदानमा केहि बच्चाहरु खेलिरहेको देखे ।

ति बच्चाहरुलाई बोलाएर घर भित्र हराएको घडी खोज्न लगाए ।  ति व्यक्तिलाई यति धेरै बच्चाहरुमा कसैले त भेटाउन सक्छ भन्ने लागेको थियो । 

ति व्यक्तिले भने -जसले मेरो घडी खोजेर दिन सक्छ उसलाई इनाम दिनेछु । बच्चाहरु खुब उत्साहित हुदै घर भित्र पसेर घडी खोज्न थाले ।

घर भित्र सबै कुना-कुनामा, सबैतिर बच्चाहरुले खोजे तर घडी भेटेनन र केहि बेरमै सबै खालि हात बाहिर निस्किए । 

ति सबै बच्चाहरु पुनः मैदानमा खेल्न निस्किए । एक बच्चा खेल्न नगई फर्केर आयो र ति व्यक्तिलाई एक्लै गएर घडी खोज्छु भनेर अनुरोध गर्यो साथै एक्लै घर भित्र जान अनुमति माग्यो । यो पटक म जरुर घडी खोजेर ल्याउछु चिन्ता नगर्नुस भन्यो ।

१०-१२ जना बच्चाहरुले खोज्न नसकेको घडी एक्लै खोजेर ल्याउछु भनेको सुन्दा ति धनि व्यक्ति अचम्म परे तर पनि घडी खोज्न अनुमति दिए ।

केहि बेरमै उक्त बच्चाले खुशी हुदै हातमा घडी बोकेर बाहिर निस्कियो र ति धनि व्यक्तिलाई दियो । 

ति धनि व्यक्तिले अचम्भित हुदै सोधे – बाबु मैले धेरै दिन देखि खोज्दा भेटेन, केहि बेर अघि पनि तिम्रा सबै साथीहरु मिलेर खोज्दा नभेटेको घडी तिमीले कसरि भेटायौ ? 

उक्त बच्चाले जवाफ दियो- जब म घर भित्र गए अनि केहि बेर शान्त भएर बसे । ध्यान दिएर सुने एक ठाउँबाट घडीको सुई ”टिक- टिक” गरेको आवाज आयो अनि त्यो आवाज सुन्दै जाँदा घडी भेटाए । 
अघि म धेरै साथीहरु संग घर भित्र जाँदा सबै जना बोलेको आवाजले घडीको टिक-टिक सुनिएन र कसैले देखेन ।


कथाको सार: जब तपाईको मन शान्त छ भने एकाग्रता बढ्छ, एकाग्र मनले गरेको कार्यले छिटै सफलता मिल्दछ । त्यसैले काम गर्दा मनलाई शान्त राख्नुपर्दछ । मनलाई मानसिक तनाबबाट टाढा राख्न ध्यान गर्न आबश्यक छ । ध्यानले नकारात्मक बिचार उत्पन्न हुदैन र सधै मन शान्त रहन्छ । धैर्यता, एकाग्रता अनि ध्यानले नै सफलता प्राप्त हुन्छ ।


Please send us your creation: lekhapadhimedia@gmail.com

Visit www.lekhapahi.com

100% LikesVS
0% Dislikes
Spread Your Love !!!