प्रचण्ड-नेपाल अनेरास्ववियूले प्रम ओलीलाई विरोधपत्र बुझाउदै


[ss_social_share]
लेखक : लेखापढी      २५ माघ २०७७, आईतवार १४:१७ मा प्रकाशित     
प्रचण्ड-नेपाल अनेरास्ववियूले प्रम ओलीलाई विरोधपत्र बुझाउदै

काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्ध संघर्षरत नेकपाको पुष्पकमल दाहाल प्रचण्ड-माधव नेपाल पक्षको अनेरास्ववियूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोधपत्र बुझाउने भएको छ । संसद् विघटनविरुद्धको संघर्षको तेस्रो चरणको कार्यक्रमअनुसार अनेरास्ववियूले आज प्रधानमन्त्रीलाई विरोधपत्र बुझाउन लागेको हो ।

आइतबार दिउँसो २ बजे हनुमानस्थानमा भेला भएर जुलुसहित प्रधानमन्त्रीको कार्यालय सिंहदरबार जाने तयारी भएको अनेरास्ववियूका सह-संयोजक रञ्जित तामाङले जानकारी दिए ।

सह-संयोजक रञ्जित तामाङका अनुसार “हनुमानस्थानमा भेला भएर जुलुससहित सिंहदरबार जाने तयारीमा छौं । प्रधानमन्त्री कार्यालयमा विरोधपत्र बुझाउँछौं,” ।

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •