चन्द्रागिरि हिल्सको सेयर कारोबार १६१ रुपैयाँमा खुल्यो


[ss_social_share]
लेखक : लेखापढी      २५ माघ २०७७, आईतवार १४:२६ मा प्रकाशित     
चन्द्रागिरि हिल्सको सेयर कारोबार १६१ रुपैयाँमा खुल्यो

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा चन्द्रागिरि हिल्सको कारोबार सुरु भएको छ । गएको शुक्रबार नेप्सेमा सूचीकृत भएको कम्पनीको सेयर आज नेप्सेको स्पेसल–प्रि ओपन सेसनमा १६१ रुपैयाँमा पहिलो कारोबार भएको छ ।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिकित्ता ९६ रुपैयाँ ६९ पैसा देखि २९० रुपैयाँ ७ पैसासम्म ओपनिङ रेन्ज तोकेको छ । नेप्सेले सूचीकृत कम्पनीको पहिलो कारोबारको लागि पछिल्लो आर्थिक वर्षको अडिटेड वित्तीय विवरणको आधारमा नेटवर्थदेखि नेटवर्थको तीन गुणसम्म ओपनिङ रेन्ज तोक्ने गर्दछ ।

सोहीअनुसार प्रिओपनिङ सेसनमा कम्पनीको सेयर १६१ रुपैयाँमा पहिलो कारोबार भएको छ । अब आजको कारोबारमा कम्पनीको मूल्य १० प्रतिशतले घटबढ भएमा सर्किट लाग्छ । १६१ रुपैयाँमा पहिलो कारोबार भए पनि कम्पनीको सेयरमा खरिद चाप रहेको छ भने बिक्री चाप शून्य छ । 

50% LikesVS
50% Dislikes
Spread the love !
  • 11
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    11
    Shares