सल्यान कारागारका १२२ कैदीबन्दीलाई कोरोना बिरुद्धको खोप


[ss_social_share]
लेखक : लेखापढी      २४ माघ २०७७, शनिबार ०३:३८ मा प्रकाशित     
सल्यान कारागारका १२२ कैदीबन्दीलाई कोरोना बिरुद्धको खोप

सल्यान । स्वास्थ्य सेवा कार्यालयसँगको सहकार्यमा सल्यान जिल्ला कारागार भित्र रहेका कैदी बन्दीहरुलाई शुक्रबार २३ माघ हिजो कोभिड विरुद्धको खोप लगाइएको हो । जिल्ला कारागारमा रहेका १२२ कैदीबन्दीलाई कोभिड-१९ विरुद्धको खोप लगाईएको हो। 

जेलर बलबहादुर केसीका अनुसार उक्त कारगारभित्र रहेका १५४ मध्ये १२२ जना कैदीबन्दीले कोरोना खोप लगाएका हुन् । जसमा १०३ पुरुष र १९ महिलाका साथै दुई कर्मचारीले पनि कोरोना खोप लगाएको हो । कारागारभित्र रहेका कैदीबन्दीमा कोरोना भाइरस सङ्क्रमणको जोखिम बढी हुन सक्ने भन्दै कोरोना बिरुद्धको खोप दिइएको जेलरले बताए ।
हाल कारागारमा १२२ पुरुष, २५ महिला र सात नाबालक गरी जम्मा १५४ कैदीबन्दी बस्दै आएका छन् ।

कारागारमा स्वास्थ्यकर्मीको दरबन्दी रिक्त हुँदा विगत एक वर्षदेखि नियमित स्वास्थ्य जाँच समेत गराउन नपाएका कैदीबन्दीले अहिले कारागारभित्रै कोरोनाको खोप लगाउन पाउँदा खुसी भएका छन् । 

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •