प्रचण्डले किन राेके एमसीसीविरुद्ध नारा लगाउँदा ?


[ss_social_share]
लेखक : लेखापढी      २३ माघ २०७७, शुक्रबार ११:२२ मा प्रकाशित     
प्रचण्डले किन राेके एमसीसीविरुद्ध नारा लगाउँदा ?

आम हड्तालका क्रममा कार्यकर्ताले एमसीसी खारेज गर भन्ने नारा लगाएपछि विभाजित नेकपा (दाहाल–नेपाल) समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रोकेका छन् ।

आफ्नो समूहले आयोजना गरेको आमहडताल कार्यक्रममा सहभागी हुन नेकपा-दाहाल नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल बिहीबार बिहान ललितपुरको पुल्चोक पुगेका थिए, जहाँ पम्फा भुसाल, विष्णु रिजाललगायत नेता कार्यकर्ता पहिल्यैदेखि खटिएका थिए । विभिन्न नारा लगाउँदै उनीहरु सडकमा बसिरहेका थिए ।

दाहाल पनि त्यही हुलमा थपिए र दाँया हातलाई तल माथि उचालदै प्रतिनिधिसभा विघटनविरुद्ध नारा लगाउन थाले । नेकपाकै एक कार्यकर्ताले नारा लगाइरहेका थिए । दाहाल, भुसाल, रिजालसहितका नेताले कहिले मूर्दावाद र कहिले जिन्दावाद भनिरहेका थिए । उद्घोषण गरिरहेका ती कार्यकर्ताले अर्को नारा लगाए, ‘एमसीसी चाहिँदैन’ ।

एमसीसीको विरोधमा नारा लागेपछि दाहाल झस्किए र भुसाललाई अहिलेको समयमा उक्त नारा लगाउनु ठिक नभएको संकेत गरिहाले । उनी त्यतिमा रोकिएनन्, आफैले नयाँ नारा पनि दिए । उनले उद्घोषकलाई इंगित गर्दै प्रतिगमनविरुद्ध जस्ता नारा लगाउन सल्लाह दिए । उद्घोषकले तत्काल माने पनि ।

एमसीसी खारेज गर भन्दा अरुले ‘खारेज गर खारेज गर’ भने पनि अध्यक्ष प्रचण्ड, विदेश विभाग उपप्रमुख विष्णु रिजाल लगायतका नेता भने अप्ठेरो मानेर उभिएका थिए । केन्द्रीय सदस्य हरि दाहालले सो नारा नलाउन भने पनि केहीबेरमा फेरि सोही नारा लाग्न थालेपछि प्रचण्ड घोसे मुन्टो लाउँदै प्रदर्शनस्थलबाट बाहिरए ।

एमसीसीअन्तर्गत अमेरिकाले नेपाललाई विद्युत् र सडक पूर्वाधार निर्माणका लागि करिब ५५ अर्ब रुपैयाँ सहयोग दिने गरी सन् २०१७ मा नेपाल सरकार र अमेरिकी सरकारबीच सम्झौता भएको थियो । सम्झौताअनुसार नेपालले उक्त सहयोग प्राप्त गर्न नेपालको संसद्बाट अनुमोदन गर्नुपर्ने हुन्छ । केपी ओली सरकारले सम्झौता अनुमोदनका लागि झन्डै दुई वर्षअघि संसद् सचिवालयमा दर्ता गराएको थियो तर नेकपाभित्रको विवादका कारण एमसीसी प्रतिनिधिसभाको विधेयक शाखामै थन्किएर बसिरह्यो ।

नेकपाले एमसीसीका प्रावधानबारे अध्ययन गर्न खनालको नेतृत्वमा कार्यदल नै बनाएको थियो । रावल र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली सदस्य रहेको कार्यदलले तयार पारेको प्रतिवेदनमा ज्ञवालीले छुट्टै धारणा राखेका थिए, जसले गर्दा एमसीसी अलमलमै पर्‍यो । पुस ५ मा प्रतिनिधिसभा विघटन भएसँगै अब नेपालले एमसीसी पाउँछ/पाउँदैन, पायो भने कहिलेसम्म पाउँछ भन्ने प्रश्न उठेको छ ।

 

50% LikesVS
50% Dislikes
Spread the love !
  • 7
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    7
    Shares