काठमाडौँ- नेकपा ओली समूहले आज शुक्रबार आयोजना गर्ने आमसभाका लागि दरवारमार्ग क्षेत्रका सडक डाइडर हटाइएको छ। सडक डिभाइडर हटाएर आमसभाका लागि सडक खालि गरिएको हो । ओली समूहले सभाका लागि नारायणहिटी दरबार संग्राहलय अगाडि मञ्च निर्माण सुरु गर्दै सडक डिभाइडर हटाइएको हो।
‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश’ भन्ने नाराका साथ नारायणहिटी दरबार अगाडि ओली समूहले आमसभा गर्दैछ। ओली समूहले सभाका लागि देशभरबाट कार्यकर्ता उतार्दै छ।
मध्याह्न १२ बजेदेखि हुने सभामा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापालगायत नेताले सम्बोधन गर्ने छन्। सभा हुनुभन्दा अगाडि काठमाडौँ उपत्यकाका १३ स्थानबाट जुलूस निकालिने जनाइएको छ।
यो पनि पढ्नुस: https://lekhapadhi.com/2021/02/04/8456/