काठमाडौं- आज शुक्रबार माघ २३ गते देखि ग्रीनलाइफ हाइड्रोपावरले सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्दैछ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले ३५ लाख ९६ हजार ४०० कित्ता आइपीओ बिक्री गर्न लागेको हो । यसमध्ये ६९ हजार ९२८ कित्ता सेयर कम्पनीका कर्मचारी र १ लाख ७४ हजार ७८० कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । सर्वसाधारण लगानीकर्ताले बाँकी ३२ लाख ५१ हजार ६५२ कित्ता सेयरका लागि आवेदन दिने सक्नेछन् ।
कति कित्ताका लागि दिने आवेदन दिनु उचित?
अहिले आइपीओमा लगानीकर्ताको अधिक आकर्षण देखिएको छ । दोस्रो बजारले रेकर्ड बनाइरहेका बेला प्राथमिक बजारमा पनि लगानीकर्ताको संख्याले नयाँ नयाँ रेकर्ड कायम गर्दै आएको देखिन्छ । यसअघि नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपीओ हालसम्मकै उच्च कुल १४ लाख ८१ हजार २८४ जनाले आवेदन दिएका थिए ।
न्यूनतम १० कित्ताका दरले बाँडफाँट गर्ने हो भने पनि जम्मा ३ लाख २५ हजार १६५ जना लगानीकर्ताले मात्र आइपीओ हात पार्ने देखिन्छ । यसआधारमा ग्रीनलाईफको आइपीओमा १० कित्ता आवेदन दिए पनि पुग्ने देखिन्छ । तर कसैलाई आफू धेरै भाग्यमानी छु भन्ने लाग्छ भने २० कित्ताका लागि आवेदन दिन सकिन्छ ।