जनसभाको पूर्वसन्ध्यामा काठमाडौंमा ओलीपक्षीय युवाको मार्चपास


जनसभाको पूर्वसन्ध्यामा काठमाडौंमा ओलीपक्षीय युवाको मार्चपास

आम हड्ताल र आगजनीको विरोध तथा भोलिको जनसभाको तयारीस्वरुप नेकपाका युवा विद्यार्थीले आज काठमाडौंमा मार्चपास गरेका छन् ।

महेस बस्नेतको नेतृत्वमा ओली समूहका कार्यकर्ताले वाल्मिकी क्याम्पसबाट पुतलीसडमा मार्चपास गरेका हुन् ।

राष्ट्रिय युवा संघ नेपाल, अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन, खेलकुद महासंघ, सम्पर्क मञ्चका समन्वय कमिटी र मदन भण्डारी स्पोर्टस् क्लबका युवाहरुले प्रदर्शनीमार्गबाट पुतलीसडक हुँदै कमलादीसम्म मार्चपास गरेका हुन् । नेकपाका केन्द्रीय कमिटी सदस्य महेश बस्नेतले २३ गतेको जनसभालाई स्वयंसेवकले सुरक्षा दिन सक्छ भन्ने सन्देश दिन मार्चपासको आयोजना गरिएको बताए । 

भोलि (२३ गते) को जनसभामा तीन लाख जनता उतार्ने उनको दाबी छ । 

प्रचण्ड-माधव समूहले आयोजना गरेको आमहड्तालका बीच ओलीका कार्यकर्ताले मार्चपास गरेका हुन्। शुक्रबार ओली समूहले काठमाडौंमा जनसभाको आयोजना गर्दैछ ।