विवेकशील साझा र विवेकशील पार्टीले माइतीघरमा बन्दको विरोधमा प्रदर्शन गरेका छन् ।
प्रचण्ड-माधव नेकपा समुहले गरेको नेपालको बन्दमा बिवेकशील साझाले सडकबाट विरोध गरेको छ।
बिहीबार उनीहरुले ‘नेपाल खुला छ, बन्दको विकल्प खोजौं’, ‘लोकतन्त्रको रक्षा गरौं’ , ‘लोकतन्त्र नमार, संविधान नमार,बन्दको विकल्प खोजौं’ लेखिएको प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।
बिवेकशील साझाका संयोजक मिलन पाण्डेको नेतृत्वमा माईतिघर मण्डलाबाट बन्दको विरोध गरेका छन्।
विवेकशील साझाका मिलन पाण्डेले सरकार आफैंले लेखेको संविधानलाई कुल्चेर अघि बढेको र त्यसको विरोधमा दलहरुले गरेको बन्द दुवै जनताको लागि हितकारी नभएकाले विरोधमा उत्रनु परेको बताए । विवेकशील साझा पार्टिले माइतीघर मण्डलामा ९ बजे देखि १० बजेसम्म प्रदर्शन गरेको थियो भने विवेकशील पार्टीले साढे १० बजदेखि साढे ११ बजेसमम प्रदर्शन गरेको थियो ।