आज प्रचण्ड–नेपाल पक्षको देशव्यापी आमहड्ताल, देशभर के-के भयाे


[ss_social_share]
लेखक : लेखापढी      २२ माघ २०७७, बिहीबार १२:२३ मा प्रकाशित     
आज प्रचण्ड–नेपाल पक्षको देशव्यापी आमहड्ताल, देशभर के-के भयाे

आज प्रचण्ड–नेपाल पक्षको देशव्यापी आमहड्तालको घोषणा गरेको छ । आमहड्तालको प्रभाव देशभरका सहरी क्षेत्रमा बढी देखिएको छ । 

लामो दूरीका सवारीसाधन सञ्चालनमा आएका छैनन् भने ग्रामिण भेगमा अवरोध छैन । शहरी क्षेत्रमा समेत भित्री बाटोमा गाडी चलेका छन् ।

उपत्यका

प्रचण्ड–नेपाल समूहले घोषणा गरेको आम हड्ताल सफल बनाउन सडकमा उत्रिएका नेता तथा कार्यकर्ता पक्राउ परेका छन् ।  प्रचण्ड–नेपाल समूहले घोषणा गरेको आम हड्तालका क्रममा काठमाडौं उपत्यकाबाट १५० नेता–कार्यकर्ता पक्राउ परेका छन् । नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य, हितमान शाक्य, अमृता थापा,विजय पौडेल लगायत १ सय ५० बढी नेता–कार्यकर्ता पक्राउ परेको संघर्ष समितिका संयोजक तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । 

बन्द सफल पार्न भन्दै शिर्ष नेताहरु नै सडकमा ओर्लिएका छन् । 

प्रदेश नं. १ 

लामो दूरीका सवारीसाधन सञ्चालन नभए पनि छोटो दूरीमा यातायात आवगमनमा बाधा छैन । बिहीबार बिहानैदेखि प्रचण्ड-माधव समूहका नेता, कार्यकर्ता सडकमा निस्किएका छन् । सिटी सफारी जस्ता तीनपाङ्गे सवारीसाधनले सडकमा मानिसहरु ओसारिरहेको छन् । बिहीबार बिहान इटहरीकाे भानु चोकमा मजदुर र बन्दकर्ताबीच घम्साघम्सी भएको छ भने धरानबाट केही कार्यकर्ता पक्राउ परेका छन् ।

आमहड्तालको घोषणा गरेर प्रदर्शनका लागि सडकमा निस्किएका नेकपा प्रचण्ड–माधव नेपाल समूहका पाँचजना कार्यकर्तालाई विराटनगरमा गिरफ्तार गरेको छ । सरकारी गाडी तोडफोड गरेको आरोपमा उनीहरुलाई मोरङ प्रहरीले गिरफ्तार गरेको हो ।

प्रदेश नं. २

वीरगञ्जमा पनि नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड-नेपाल समूहका नेता-कार्यकर्ता पक्राउ परेका छन् ।

पार्टीले घोषणा गरेको हड्ताल सफल बनाउन सडकमा निस्किएका वीरगञ्ज महानगरपालिकाका अध्यक्ष रहबर अन्सारी, युवा नेता अरविन्द सिंह, विद्यार्थी नेता प्रभाकर गुपतासहित ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

वाग्मती

नेकपाको प्रचण्ड-नेपाल समूहले आह्वान् गरेको आमहड्तालका कारण चितवनको जनजीवन प्रभावित बन्न पुगेको छ । सवारी साधन पूर्णरुपमा ठप्प भएको छ । मुख्य बजार क्षेत्र ठप्प रहेको हाम्रा संवाददाता कुलप्रसाद काफ्लेले जनाएका छन् ।

 

गण्डकी

आम हड्ताल सफल बनाउन प्रचण्ड–माधव समूहका नेता–कार्यकर्ता पोखराका मुख्यचोक चोकमा तैनाथ भएका छन् भने ठाउँ–ठाउँमा बाक्लो रुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।  बन्दका कारण पोखरामा छोटा तथा लामा दुरीका सार्वजनिक सवारी साधन चल्न सकेको छैन ।

यसैबिच, पोखरामा विद्यार्थी संगठन अनेरास्ववीयुले बाइक र्‍याली निकालेको छ ।

प्रचण्ड–माधव समूहले गरेको आम हड्तालको विरोध गर्दै जनाताका लागि नेपाल सधैं खुल्ला छ भन्ने सन्देश दिनका लागि बाइक र्‍याली निकालेको संगठनले जनाएको छ ।

लुम्बिनी

प्रदेशको मुकाम बुटवलमा बिहानैदेखि सार्वजनिक यातायात र मालवाहक सवारीसाधनहरु चलेका छैनन । बजार, शिक्षण संस्थाहरु पनि बन्द छन् । आन्दोलनकारीले सडकमा टायर बालेर, ट्रक तेर्स्याएर सवारी साधन चल्न दिएका छैनन् ।

कर्णाली

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार राजमार्गमा सवारीसाधन चलेका छैनन् । प्रचण्ड-माधव समूहका नेता कार्यकर्ता बन्द गराउनु पर्‍यो भन्दै हिँडेका छन् भने ओली समूहका नेता, कार्यकर्ताहरु खुला गर्न माग गरिरहेका  छन् ।

सुर्खेतमा पसलहरु खुलेका छैनन् । प्रहरीले विभिन्न ठाउँमा डाइभर्सन गराएर लामो दूरीको यातायात सञ्चालन गराइरहेको प्रदेश प्रहरी प्रमुख वसन्त पन्त बताउँछन् ।

 

सुदूरपश्चिम

देश व्यापी आम हड्ताल घोषणा गरेको  नेकपा प्रचण्ड–नेपाल समूहले धनगढीमा टायर बालेर प्रर्दशन गरेको छ।  धनगढीको क्याम्पस चौकमा जम्मा भएका नेकपाका नेता कार्यकर्ताले टायर बालेर प्रर्दशन समेत गरेका हुन्।  बिहानैदेखि रोडमा निस्किएका नेता कार्यकर्ताले छिटफुट रुपमा खुलेका पसल समेत बन्द गराउन थालेका छन् भने कुनै पनि सवारी साधन नचलाउन आग्रह गरिरहेका छन्। 

सरकारले संविधानलाई बेवास्ता गर्दै संवैधानिक निकायहरुमा नियुक्ति गरेको भन्दै त्यसको विरोधमा बिहीबार देशव्यापी आम हड्तालसहित नयाँ संघर्षका कार्यक्रम घोषणा गरिएको हाे । प्रचण्ड नेपाल पक्षको केन्द्रीय संघर्ष समितिले बुधबार पत्रकार सम्मेलन गर्दै देशव्यापी आमहड्तालको घोषणा गरेको हो ।

 

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •